९ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

रौतहटमा वन गस्ती टोली र सिकारीबीच झडप

रौतहटको वनमा वन गस्ती टोली र सिकारी समूहबीच दोहोरो झडप भएको छ । कोरोना महामारीको मौका छोपेर वनमा व्यापक काठ तस्करी भइरहेको भनेर आलोचना बढेपछि वन गस्ती टोलीले सक्रियता बढाएको हो । यसै क्रममा वन गस्ती टोली र सिकारी समूहबीच बनमै दोहोरो झडप भएको हो ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ भोलन्टारस्थित बनमा रहेको गस्ती टोली र सिकार बीचमा दोहोरो झडप भएको डिभिजन वन कार्यालय रौतहटका अधिकृत अमरदेव यादवले जानकारी गराएका छन् । वन गस्ती टोलीसँग केही बेर दोहोरो झडप भएपछि आठ जनाको समूहमा रहेका सिकारीको समूह वनमै तितरबितर भएर फरार भएका र ती मध्ये एक जनालाई टोलीले पक्राउ गर्न सफल भएको छ ।  

पक्राउ पर्नेमा चन्द्रपुर ३ का सिताराम स्याङतान रहेको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका स्याङतानसित आवश्यक सोधपुछ जारी रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित: ९ जेष्ठ २०७८ १२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App