२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुमनाले उठाइन् प्रधानमन्त्रीको कार्यक्षमतामाथि प्रश्न

राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्षमतामाथि प्रश्न उठाएकी छिन्।

बिहीबार प्रतिनिधि सभामा बोल्दै सांसद श्रेष्ठले प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नु पर्ने कारण के भन्दै प्रश्न गरेकी हुन्। 

उनले भनिन्, 'विवाद भएका विश्वधिालयका कुलपति प्रधानमन्त्री, एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमा जोडदार माग गर्नुपर्ने, त्यो मन्त्रीहरूको परिषद्को कप्तान को ? प्रधानमन्त्री, दलीय राजनीतिले जडजड बनाएको दुई ठूला दलको भातृ संगठन, प्रशासनिक संगठन, प्राध्यापक  संगठन र त्यसलाई सही दिशातर्फ लान्छु भनेर लागेका को ? प्रधानमन्त्री। साउन ३० गते सरस्वती क्याम्पसमा चिट चोराउन पुगेका अनेरास्वयुका नेताले परीक्षा नियन्त्रकलाई कुटे, क्याम्पस प्रमुख र क्याम्पस प्रशासन मुखदर्शन भयो। त्यसको माओ पार्टीका प्रमुख को ? अहिलेको प्रधानमन्त्री। शिक्षालयमा दल चाहिन्छ भन्ने को ? अहिलेको प्रधानमन्त्री। यसमा प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नु पर्ने कारण के छ ? बताइदिनुपर्‍यो।'

प्रकाशित: ६ भाद्र २०८१ १४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App