२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

थामे हिमबाढी प्रभावितलाई काठमाडौं महानगरले दिने भयाे २० लाख राहत

सोलुखुम्बुको थामे हिमबाढी प्रभावितलाई राहत र पुनर्स्थापनका लागि काठमाडौं महानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

महानगरका मेयर बालेन शाहको अध्यक्षतामा शुक्रबार बसेको महानगर विपद व्यवस्थापन समितिको बैठकले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको महानगरले जनाएको छ।

हिमताल फुटेर आएको बाढीले प्रभावितलाई राहत र पुनःस्थापना कार्यका लागि उक्त आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको हो।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको कोषमा २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय महानगरले गरेको हो।

प्रकाशित: ८ भाद्र २०८१ ०९:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App