२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

लुम्बिनी कोषका पूर्वयोजना प्रमुखमाथि मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख सरोज भट्टराईसहित दुईजना माथि घुस लिई भ्रष्टाचार गरेको तथा सम्पत्ति शुद्धीकरणअन्तर्गत कसुरमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

भट्टराईले आमा जनक नन्दनी भट्टराईको नाममा जिल्ला भक्तपुर गुण्डु–३ स्थित कित्ता नम्बर १३७४, क्षेत्रफल २ रोपनी ९ आना १ दाम र कित्ता नम्बर १३७५, क्षेत्रफल २ आना एक पैसा जग्गा खरिद गर्दा लुम्बिनी विकास कोषमा काम गरिरहेका निर्माण कम्पनीहरूबाट अन्य व्यक्ति प्रयोग गरी जग्गा बिक्रेतालाई रकम भुक्तानी गरेको भन्ने उजुरीका आधारमा अनुसन्धानपछि मुद्दा दायर गर्ने निष्कर्षमा अख्तियार पुगेको हो।

भट्टराईले भक्तपुर साविक गुण्डु–३ हालको सूर्यविनायक नगरपालिका–७ स्थित कित्ता नम्बर १३७४ र १३७५ को क्षेत्रफलको दुई रोपनी नौ आना एक दाम तथा दुई आना एक पैसा जग्गा आमा जनक नन्दनी भट्टराईको नाममा खरिद गरेकाले एक करोड ८५ लाख रूपैयाँ सम्पत्ति स्रोत लुकाउने छल्ने उद्देश्यले जग्गामा लगानी गरिएको भन्दै सम्पत्ति शुद्धीकरणअन्तर्गत कसुरसमेत गरेको आरोप पत्रमा भनिएको छ।

खानी अर्घाखाँची–बाबुल जेभी, लुम्बिनी अर्घाखाँची बाबुल जेभी र अर्घाखाँची बाबुल जेभीको खाताबाट विभिन्न खातामा जम्मा भएको रकम समेत एक करोड पाँच लाख घुस लिन लगाएको पुष्टि भएकाले भट्टराईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो एक करोड पाँच लाख रूपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कैद सजाय जरिबाना तोक्न आरोप पत्रमा माग गरिएको छ।

साथै, भट्टराईकी आमा प्रतिवादी जनक नन्दनी भट्टराईको नाममा रहेको जिल्ला भक्तपुर गुण्डु–३ स्थित कि.नं.१३७४ र १३७५, क्षेत्रफल रहेको दुई रोपनी नौ आना एक दाम र दुई पैसा एक दाम जग्गा जफत हुन मागदाबी गरिएको छ।

प्रकाशित: २८ भाद्र २०८१ ०७:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App