२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

खोलामा डुबेर दुई किशोरको मृत्यु

कपिलवस्तुको बाणगंगा नगरपालिकाको कोइली खोलामा नुहाउने क्रममा डुबेर २ किशोरको शनिबार दिउसो मृत्यु भएको छ । फुटबल खेले पछि नुहाउन कोइली खोलाको भूते रहमा गएका नगरपालिका ८ मोर्मीका ठाकुर भण्डारीका छोरा वर्ष १६ का प्रतीक भण्डारी सोही वडाका कृष्ण सापकोटा का १५ वर्षीय सरोज सापकोटाको डुबेर मृत्युका भएको हो । 

डुबेर बेपत्ता भएका दुवैको उद्धार गरी उपचारका लागि अस्पतालमा लगिएको थियो । त्यहाँ डाक्टरले दुबैलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए । शवलाई पोस्टमार्टम लागि पिपरा अस्पताल लगिएको छ ।

प्रकाशित: ८ भाद्र २०८१ २०:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App