२ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

महासंघ र सिमिटको सहकार्यमा कृषि उद्यमबारे छलफल

फाइल तस्वीर

नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र र सिमिटको संयुक्त आयोजनामा काठमाडौंमा ‘नेपालमा लघु, साना तथा मझौला कृषि उद्यमको स्थिति, अवसर र चुनौती’ विषयक राष्ट्रिय कार्यशाला आयोजना गरेको छ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले लघु साना तथा मझौला कृषि उद्यमका अवसर र चुनौती विषयक कार्यशाला सम्पन्न भएको छ। सरकारले कृषि क्रान्तिको लागि कृषि दशक २०८१-२०९१ मनाउन लागेको जानकारी गराए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लघु, साना तथा मझौला उद्यमीहरूलाई केन्द्रमा राखेर कार्य गरिरहेको बताए।

महासंघको कृषि क्षेत्र हेर्ने गरी स्थापना भएको कृषि उद्यम केन्द्रले कृषि क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरूका लागि, स्थापना कालदेखि नै कार्य गर्दै आइरहेको बताए।

परियोजनाले नेपालको कृषि रूपान्तरणका लािग महत्त्वपूर्ण योगदान गरिरहेको जनाएको छ। कृषि व्यवसाय मात्र होइन सबै क्षेत्रमा निजी उद्यमी व्यावसायिक वातावरणको अपेक्षा गर्दछन्।

कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै कृषि उद्यम केन्द्रका सभापति एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य डि बी बस्नेतले परियोजनाको बारेमा जानकारी गराएका थिए।

कृषि उद्यम केन्द्रले नेउवामहासंघले अबलम्बन गरेको सार्वजनिक निजी साझेदारी अवधारणा अनुरूप नेपाल सरकारसँग साझेदारी गरी ‘एक गाउँ एक उत्पादन कार्यक्रम (ओभिओपी)’ सञ्चालनमार्फत स्थानीय उत्पादनलाई प्रवद्र्धन, बजारीकरण, ब्रान्डिङ गर्ने कार्य १० वर्षे काम सफलता पूर्वक सञ्चालन गरेको स्मरण गरे।

सन् २०२३ सेप्टेम्बरबाट सुरु भएको सहकार्य अनुसार कृषि उद्यम केन्द्रले फिल्डमा कार्यक्रमहरू सफलतापूर्वक कार्यान्वयन गरिरहेको र अझै राम्रो परिणाम आउने गरी सहकार्यको अन्तिम अवधि नेभेम्बर २०२४ सम्म कार्यान्वयन गरी रहने प्रतिबद्धता व्यक्त गर्नुहुँदै सभापति बस्नेतले आगामी दिनमा पनि कार्यक्रमको निरन्तरताको अपेक्षासमेत रहेको बताए।

कार्यक्रममा कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव सबनम शिवाकोटीले सरकारले घोषणा गरेको कृषि लगानी वर्ष सफल पार्नुपर्ने बताए।

कार्यक्रममा बोल्नु हुँदै इकोनोमिक ग्रोथ अफिस युएसएआइडी नेपालका उपनिर्देशक जुडिथ आल्मोडोभरले नेपाल बिउ तथा मल परियोजना/सिमिट र एफएनसिसिआई एइसीसँगको सहकार्यमा भएको बताए।

प्रकाशित: २८ भाद्र २०८१ ०९:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App