२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रिय भेलामा सहभागी हुने सबैलाई घन्टी लिएर आउन रास्वपाको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असोज १ र २ गते आयोजना गर्ने केन्द्रीय परिषद्को प्रथम राष्ट्रिय भेलाको सहभागी हुने सबैलाई घन्टी र पुस्तक लिएर आउन आग्रह गरेको छ।

पार्टीले केन्द्रीय परिषद्को प्रथम राष्ट्रिय भेलाको उद्घाटन सम्पूर्ण प्रतिनिधि सदस्यीहरूले सामूहिक रूपमा घन्टी बजाएर गर्ने भएकाले भेलामा सहभागी हुन आउने सबै प्रतिनिधि सदस्यहरूलाई  पुस्तकसँगै एउटा घन्टी ल्याउन आग्रह गरेको हो।

पार्टीको जिम्मेवारीका आधारमा सदस्यहरूको काम र दायित्व फरक हुन सक्ने भन्दै रास्वपाले पार्टीमा सधैँ सबै सदस्यहरू समान रहने पनि बताएको छ।

प्रकाशित: २८ भाद्र २०८१ १०:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App