२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

कपिलवस्तुको जमुहारमा फेरी किशोरीलाई सर्पले डस्यो

कपिलवस्तु नगरपालिका १ जमुहार टोलमा फेरी योगेश गुप्ता की छोरी १४ बर्षिया परी गुप्तालाई  शनिबार सर्पले डसेको छ । नुहाएर कोठामा जाने क्रममा परीलाई सर्पले डसेको हो।

उनलाई उपचारका लागि बुटवल प्रादेशिक अस्पताल पठाइएको वडा अध्यक्ष जाहिद खाले बताए । डिभिजन वन कपिलवस्तुको टोली पीडितको घरमा गएर सर्पको खोजी गरेको थियो । सर्प भने फेला नपरेको वडाध्यक्ष खाँले बताए । यस अघि ४ जनालाई जमुहारमा सर्पले टोकेकोमा २ जनाको मृत्यु भैसकेको छ ।

१ वर्षीय अनमोल गुप्ता र १३ वर्षीय चिराग कसौधनो सर्पले डसेर मृत्यु भएको थियो । जमुहरमा २ साता अघि पहिलो पटक पटक चिराग र उनका दाइलाई सर्पले टाकेको थियो । संगै सटेर पश्चिम तर्फ घर रहेको अनमोल र उनकी दिदीलाई फेरी सर्पले टोकेको थियो । त्यसको पश्चिम तर्फ सटेर रहेको परीको घर छ । 

४ जनालाई टोकेको सर्पलाई वन डिभिजन कपिलवस्तुको टोलीले नियन्त्रणमा लिई वनमा छाडेको थियो । त्यसको ३ दिन पछि फेरी परीलाई फेरी सर्पले टोक्दा जमुहार टोलमा सर्पको त्रास फैलिएको छ । जमुहार टोलवासीहरू लगातार सर्पले मानिसहरूलाई टोक्न थाले पछि डराएका छन् ।  

प्रकाशित: ८ भाद्र २०८१ २०:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App