१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

खोटाङका थप ४४ जनालाई कोरोना संक्रमण

खोटाङमा थप ४४ जनालाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ। मंगलबारको एन्टीजेन तथा पिसिआर परीक्षणबाट रावाबेँसी गाउँपालिकामा १५ जना, जन्तेढुंगा गाउँपालिकामा १३ जना, केपिलासगढी गाउँपालिकामा ८ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५ जना र हलेसी तुवाचुङ नगरपालिकामा ३ जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको हो। यससँगै जिल्लामा सक्रिया संक्रमितको संख्या १८७ पुगेको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामीछानेले बताए। हालसम्म जिल्लामा १ जना संक्रमितको मृत्यु हुँदा १० संक्रमितले कोभिड–१९ लाई जितिसकेका छन्।  

हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५६ जना, हलेसी तुवाचुङ नगरपालिकामा ३८ जना, साकेला गाउँपालिकामा २१ जना, रावाबेँसी गाउँपालिकामा २० जना, जन्तेढुंगा गाउँपालिकामा १७ जना, ऐसेलुखर्क गाउँपालिकामा १५ जना, खोटेहाङ गाउँपालिकामा १० जना र केपिलासगढी गाउँपालिकामा १० जना सक्रिया संक्रमित छन्। सक्रिय संक्रमितमध्ये १६९ जना होमआइसोलेसनमा, १३ जना संस्थागत आइसोलेसनमा र ५ जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन लामीछानेले बताए।  

जिल्लाका स्थानीय सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ‘बाँच्ने र बचाउने’ अभियानमा साथ दिन नागरिकलाई आग्रह गरिरहेको छ।

प्रकाशित: ४ जेष्ठ २०७८ १३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App