७ वैशाख २०८१ शुक्रबार
समाज

बिरामीसँग बढी भाडा लिएको भन्दै दुई एम्बुलेन्स चालक पक्राउ

पर्सा प्रहरीले नियन्त्रणमा लिएको एम्बुलेन्स

कोभिड १९ संक्रमणको फाइदा उठाइ मनोमानी भाडा लिएको आरोपमा प्रहरीले दुई एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय पर्साले कोभिड संक्रमित व्यक्ति तथा संक्रमणको कारण मृत्यु भएका आफन्तहरुबाट मनोमानी भाडा लिएको आरोपमा दुई चालकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नं. ९ विश्रामपुरका ३५ वर्षीय मरुदिन रायभर र पर्साको विन्दवासिनी गाउँपालिका वडा नं. १ का २२ वर्षीय वीरबल मुखिया रहेका छन्।

चालकसँगै ना २ च.३२५६ नम्बरको एम्बुलेन्स र ना ३ च. ८१९९ नम्बरको एम्बुलेन्स  पनि नियन्त्रणमा लिएको प्रहरी कार्यालयले जनाएको छ।

उनीहरुलाई कालोबजारीसम्बन्धी कसुरअन्तर्गत कारबाही गरिने प्रहरीको भनाइ छ।

प्रकाशित: १ जेष्ठ २०७८ १२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App