जनकशिक्षा सामग्री केन्द्र सानोठिमीले बिहीबार (आज) देखि समानुपातिकको मतपत्र छपाई सुरु गर्ने तयारी गरेको बताएको छ। करिब दुई करोड आठ लाख समानुपातिक मतपत्र छपाई गरिनेछ।
केन्द्रका प्रवक्ता रामबहादुर कुँवरका अनुसार आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र छपाइ गरिएको छ। केन्द्रले पहिलो चरणमा निर्वाचनको नमुना मतपत्र छपाइ गरेको छ।
प्रकाशित: २४ पुस २०८२ ०९:२५ बिहीबार





