१६ चैत्र २०८० शुक्रबार
समाज

कैलालीमा सक्रिय संक्रमित १ हजार बढी

कैलाली जिल्लामा कोरोनाको संक्रमणले स्थिती भयावह बन्दै गएको छ । कैलाली जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार नाघेको छ । स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार शनिबारसम्म कैलालीमा १ हजार ४६ सक्रिय संक्रमित रहेका छन् । 

गत सोमबार ३ सय १० सक्रिय संक्रमित रहेको कैलालीमा संक्रमण तीव्र रुपमा बढेर ५ दिनमै ७ सय बढी सक्रिय संक्रमित थपिएका हुन् । कैलालीमा अहिलेसम्म संक्रमणले ४५ जनाको ज्यान गएको छ । कैलालीमा अहिले सम्म ८ हजार ५ सय ३४ संक्रमित भएकोमा ७ हजार ४ सय ८८ निको भएका छन् । 

कैलालीमा दोश्रो लहरको कोराेनाको संक्रमण पछिल्लो एक सातायता तीव्र रुपमा बढेको छ। गम्भिर प्रवृतिका संक्रमितको चापले आईसियु, अक्सिजनसहितको शैयाको अभाव भएको छ । अक्सिजन नपाएर, आईसियु, भेन्टिेलेटर नपाएर संक्रमितले ज्यान गुमाउनु पर्ने अवस्था सृजना भएको छ ।  

प्रकाशित: १९ वैशाख २०७८ ०९:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App