१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

आफ्नै श्रीमानमाथि बलात्कारको आरोप !

जितेन्द्रकुमार झा, राजविराज, चैत १३ - जबरजस्ती यौन सम्पर्क गर्दै आएको भनि आफ्नै पत्नीले दिएको जाहेरीको आधारमा प्रहरीले सप्तरी देउरी गाविस-२ का विश्वनाथ साहलाई पक्राउ गरेको छ । साहका २२ वर्षीया पत्नी आशाले जबरजस्ती यौन सम्पर्क गर्दै आएको भनेर प्रहरीमा उजुरी परेपछि आइतबार साहलाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी सञ्जाय सिंह बस्नेतले बताए।  पक्राउ परेका विश्वनाथलाई बैबाहिक जबरजस्ती करण मुद्दा अन्तर्गत सोमबार सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान जारी राखेको एसपी थापाको भनाइ छ।

बैबाहिक जबरजस्ती करणी मुद्दामा दोषी प्रमाणित हुने व्यक्ति माथि जबरजस्ती करणी ३ नम्बर महलको देहाय ६ बमोजिम तीन महिनादेखि ६ महिनासम्म कैद सजाय हुने व्यवस्था छ।
विश्वनाथले आफूलाई जबरजस्ती यौन सम्पर्क गर्दै आउनुका साथै शारिरिक तथा मानसिक यातनासमेत दिँदै आएको भन्दै आशाले आइतबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दर्ता गरेकी थइन्। आशाले प्रहरी समक्ष दिएको जाहेरीमा पछिल्लो पटक चैत ९ गते राति पतिले जबरजस्ती यौन सम्पर्क गर्न खोजेकोले आवश्यक कारबाहीको माग गरिएको छ।
पीडित आशादेवीले पति विरुद्ध यसअघि जिल्ला प्रहरी कार्यालय सप्तरीको महिला सेलमा समेत निवेदन दर्ता गराएकि थिइन्। तर आवश्यक अनुसन्धान हुन नसकेका कारण त्यतिबेला पक्राउ गर्न नसकिएको प्रहरीको भनाइ छ।

प्रकाशित: १३ चैत्र २०६९ ०७:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App