१६ चैत्र २०८० शुक्रबार
समाज

दोहोरो शुल्क लिने अस्पताललाई कारबाही

कोरोना उपचारमा सूचीकृत अस्पतालहरूले दोहोरो शुल्क लिएको गुनासो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले केही अस्पतालले बिरामी र स्वास्थ्य मन्त्रालय दुवैबाट शुल्क लिएको गुनासो आएको जानकारी दिएका हुन् ।

‘सेवाग्राही र स्वास्थ्य मन्त्रालयसँग दोहोरो शुल्क लिएको भन्ने जनगुनासो आइरहेको छ,’ प्रवक्ता गौतमले भने । आइतबार मन्त्रालयमा बसेको इन्सिडेन्ट कमान्ड समितिको बैकठले दोहोरो शुल्क लिने अस्पतालहरूलाई अनुगमन गरी कारबाही गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । कोरोनाकै बहानामा कतिपय नाम चलेका निजी अस्पतालले दोहोरो शुल्क लिने गरेको उजुरीसमेत मन्त्रालयमा परेको मन्त्रालयले जनाएको छ ।

सोही बैठकले सबै प्रदेशमा उच्चस्तरीय समिति, एम्बुलेन्स सेवा व्यवस्थापन समिति, कन्ट्याक्ट ट्रेसिङ समिति, सूचना तथा मेडिकल टास्क फोर्स समिति निर्माण गरी कार्यान्वयन गर्ने/गराउने निर्णय गरेको छ ।

कोरोनाबाट १० जनाको मृत्यु
कोरोना संक्रमणका कारण गत चौबीस घण्टामा १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप मृतकसहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ सय ७७ पुगेको छ । गत चौबिस घण्टामा १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या २ लाख ३९ हजार ८ सय ८५ जना पुगेको छ । तीमध्ये ९३.४ प्रतिशत अर्थात् २ लाख २४ हजार ५३ जना निको भइसकेका छन् ।

हाल देशभरिमा १४ हजार २ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ९ हजार २ सय ६३ जना होम आइसोलेसनमा र ४ हजार ९ सय ९२ जना संस्थागत आइसोलेसनमा छन् । 

प्रकाशित: २२ मंसिर २०७७ ०१:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App