१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

‘ओलीलाई देशको ‘आइकन’ बनाउनु पर्छ’

नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार–प्रकाशन विभाग संयोजक मीनबहादुर शाहीले अध्यक्ष केपी शर्मा ओलीलाई देशको ‘आइकन’को रुपमा स्थापित गर्नुपर्ने बताएका छन्।

प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै शाहीले मिडियाको भूमिका महत्त्वपूर्ण रहेको बताए र आगामी निर्वाचनमा देश बनाउने र देश जलाउनेबीच प्रतिष्पर्धा हुने उल्लेख गरे।

शाहीले राजनीतिक दल नयाँ वा पुरानो भनेर छुट्याउन नहुने र राजनीतिक इतिहास भएका दलहरू पुराना नहुने बताए। उनका अनुसार दलले नयाँ नेतृत्व वा विचार दिन सके कि सकेन भन्ने कुरा महत्त्वपूर्ण छ। हालै स्थापना भएका दललाई केवल नयाँ भनेर हेरिनु हुँदैन; उनीहरूको विचार र सिद्धान्तले के भन्छ भन्ने कुरा महत्वपूर्ण हुने उनको भनाइ छ।

नयाँ भनिएका दलहरूले कानुनको दुरुपयोग गरेको शाहीले दाबी गरे। साथै, काँग्रेस फुटको संघारमा रहेको बेला यसले लोकतन्त्र कमजोर पार्न सक्ने भए पनि राष्ट्रिय सभामा काँग्रेस–एमाले गठबन्धनमा असर नपर्ने उनले बताए।

 

प्रकाशित: ३० पुस २०८२ १७:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App