७ वैशाख २०८१ शुक्रबार
समाज

निःशुल्क उपचार भर्ना भएका बिरामीलाई मात्र

सरकारले कोरोना उपचार निःशुल्क गर्ने घोषणा गरे पनि अस्ताल भर्ना भएका र १ सय डिग्री फरेनहाइट ज्वरो आएका व्यक्तिको हकमा मात्र निःशुल्क परीक्षण हुने भएको छ । मन्त्रिपरिषद्को निर्णयपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विपद् व्यवस्थापन केन्द्रले सम्बन्धित अस्पताललाई कात्तिक २८ देखि लागु हुनेगरी पत्राचारसमेत गरेको हो । बिहीबार नै शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालले सार्वजनिक सूचना जारी गर्दै अस्पतालको बहिरंग विभागमा १ सय फरेनहाइट तथा सोभन्दा बढी ज्वरो र कोभिड १९ का अन्य लक्षण देखिएको अवस्थामा पुगेकाको मात्र निःशुल्क पिसिआर परीक्षण गर्ने जनाएको हो । त्यसबाहेका व्यक्तिले भने २ हजार तिरेर मात्र परिक्षण गर्नसक्ने छन् । तर, मन्त्रिपरिषद्को बैठकले सरकारी अस्पतालमा निःशुल्क परीक्षण र उपचार गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले कोभिट –१९ अनुदान तेस्रो संशोधन गर्दै संक्रमितको निःशुल्क उपचार गर्ने निर्णय भएको जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले बिहीबार पत्रकार सम्मेलन गर्दै राज्य र सरकार संक्रमितको उपचारमा अविभावक बन्ने र उपचारको जिम्मा लिने जनाएका थिए । तर भर्ना भएका व्यक्तिहरूको कोरोना बिमा गरेको भएमा सम्बन्धित व्यक्तिको बिमा रकमबाट बेहोरिने जनाएको छ । तर सक्षम र योगदान गर्न सक्ने व्यक्तिले शुल्क तिरेर पनि उपचार गर्न पाउने वैकल्पिक व्यवस्था सूचनामा उल्लेख छ ।  

उक्त अस्पतालले दैनिक तीन सयको मात्र स्वा संकलन गर्न सकिने पनि जनाएको छ । लक्षण नदेखिएका व्यक्तिको हकमा वा संक्रमितको नजिक पुगेका व्यक्तिको हकमा निःशुल्क परीक्षण गर्नको लागि पनि ७ दिन क्वारेन्टिन बसेपछि हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

प्रकाशित: २८ कार्तिक २०७७ ०२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App