६ चैत्र २०८० मंगलबार
समाज

कृष्णनगरको एक घरमा मानव अस्थिपञ्जर फेला

कपिलवस्तुको कृष्णनगर नगरपालिका– २ स्थित एक घरमा मानव अस्थिपञ्जर फेला परेको छ। नन्दलाल अग्रवालको पुरानो घरमा मानव अस्थिपञ्जर फेला परेको हो।  

टाउको शरिर र खुट्टा गरी ३ अलग अलग भाग रहेको अवस्थामा अस्थिपञ्जर भेटिएको ईलाका प्रहरी कार्यालयले जनाएको छ। अस्थिपञ्जर फेला परेको घरमा दुई दशकदेखि कोही पनि मान्छे बस्ने गरेका थिएनन्। सो घर भत्काउनेक्रममा एक मजदुरले अस्थिपञ्जर देखे पछि प्रहरी घटनास्थल पुगेको थियो। घटनास्थलमा जीन्स पाईन्ट र रोतो रंगका अन्य कपडा भेटिएका छन्।  

अस्थिपञ्जर महिला या पुरुष कसको हो भन्ने अझै यकिन भएको छैन। यधपी स्थानीयले लामो कपाल भेटिएकाले महिलाको भएको अनुमान गरेका छन्। ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुखदेव पौडेलले गूरुद्धरा रोडको एक घरमा भेटिएको अस्थिपञ्जर परीक्षणकालागि शिक्षण  अस्पताल काठमाडौं पठाइएको बताए। उनले घटनाको अनुसन्धान भइरहेको बताए।  

 

प्रकाशित: १२ कार्तिक २०७७ ११:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App