७ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

वीपी प्रतिष्ठानका चिकित्सकद्वारा उपकुलपति कार्यालयअघि धर्ना

वीपी प्रतिष्ठानका उपकुलपतिको कार्यालयअघि धर्ना दिदै चिकित्सकहरु। तस्बिरः रोहित राई

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनमा उत्रिएका छन्। चिकित्सा तथा दन्तचिकित्सा कल्याण समाजको नेतृत्वमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन्।

उनीहरुले दिनहुँ बिहान उपकुलपति कार्यालयअघि शान्तिपुर्णरुपमा धर्ना गरिरहेका छन्। सोसाइटीले पटक पटक आफ्ना मागहरु पेश गरेपनि वेवस्ता गरिएपछि आन्दोलनमा उत्रनु परेको अध्यक्ष डा.विष्णु पोखरेलले बताए।

उनका अनुसार सोसाइटीले प्रतिष्ठानको सुधारको लागि विभिन्न मागहरु अघि सारे पनि मुख्य गरि २ वटा मागलाई प्राथमिकतामा राखेको छ। ‘हामी निवार्चित हुँदादेखि नै बढुवा प्रक्रियालाई अघि बढाउनुपर्ने र तलबवृद्धि गरिनुपर्ने माग राखेका थियौं,’अध्यक्ष डा.पोखरेलले भने,‘तलब वृद्धि गर्ने निर्णय त भयो, तर वृद्धि भएको पाइएको छैन। बढुवा प्रक्रिया शुरु नै भएन।’

चिकित्सकहरुले कोभिडको समयमा उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता उपलब्ध गराउन पनि माग गरेका छन्। प्रतिष्ठानमा करिब अढाई बर्षदेखि बढुवा प्रक्रिया रोकिएको छ, जसले गर्दा चिकित्सकहरुको वृत्तिविकासमा असर पुगेको छ भने कतिपय विभागमा प्रोफेसरको पनि अभाव छ।

‘प्रमोशन नभएर कतिपय विभागमा प्रोफेसर छैन। यसले गर्दा एमडि, एमएसको सिट संख्यामा पनि असर पुगेको छ,’अध्यक्ष पोखरेलले भने,‘जबसम्म लिखितरुपमा हाम्रो प्रमोशन कहिलेसम्म हुन्छ भनेर ग्यारेन्टी हुदैन, तबसम्म अरु बिषयमा सहमति, सम्झौता केही पनि हुदैन।’

चिकित्सकहरुले उपकुलपति कार्यालयअघि बिहान धर्ना दिदै मौन धारणा पनि गर्ने गरेका छन्। उनीहरुले पदाधिकारीहरुले आफ्ना मागप्रति देखाएको उदासिन व्यवहारको कारण मौन धारणा गर्नुपरेको जनाएका छन्। ‘उहाँहरुले हाम्रो माग नसुने झैं गर्नुभएको छ, त्यस व्यवहारप्रति खेद प्रकट गर्दै मोन धारणा गरिएको हो,’महासचिव सुर्यप्रसाद रिमालले भने,‘माग सम्बोधन नभएसम्म आन्दोलन जारी नै रहन्छ।’

प्रकाशित: १२ आश्विन २०७७ ०५:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App