२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

अब भिसाबिनै नेपाली नागरिक श्रीलंका जान पाउने

श्रीलंकन सरकारले नेपालसहित ३५ देशका नागरिकलाई बिनाभिसा प्रवेशाज्ञा प्रदान गर्ने नीतिगत परिवर्तनको घोषणा गरेको छ। यो नीति यसैवर्ष (सन् २०२४)को अक्टोबर १ बाट लागु हुने जनाइएको छ। श्रीलंकन मिडियाकाअनुसार बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा यो निर्णय लिएको हो।

श्रीलंकाका विदेशमनी एमयुएम अली साब्रीले आफ्नो आधिकारिक एक्स(ट्विटर) एकाउन्टमा बुधबार यसबारेको समाचार सार्वजनिक गर्दै यसलाई व्यापक भिसामुक्त व्यवस्था स्थापनाको पहिलो कदम भनेका छन्।

जसको प्रतिक्रियामा नेपालको परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले नेपाललाई पनि त्यो सूचीमा समावेश गरेकामा श्रीलंकाका विदेशमन्त्रीलाई धन्यवाद दिएकी छन्।

श्रीलंकन मिडियाका अनुसार सरकारको भिसामुक्त नीतिअन्तर्गत सुरुमा ६ महिनाको परीक्षण अवधिका लागि लागु हुने जनाइएको छ।

अहिले भिसाबिनै प्रवेश पाउन योग्य देशहरूको सूचीमा अमेरिका, बेलायत, जर्मनी, नेदरल्यान्ड्स, बेल्जियम, स्पेन, अष्ट्रेलिया, डेनमार्क, पोल्यान्ड, काजाकिस्तान, साउदी अरेबिया, युएई, नेपाल, चीन, भारत, इन्डोनेसिया, रुस, थाइल्यान्ड, मलेसिया, जापान, फ्रान्स, क्यानडा, चेक रिपब्लिक, इटाली, स्विजरल्यान्ड, अस्ट्रिया, इजरायल, बेलारुस, इरान, स्वीडेन, दक्षिण कोरिया, कतार, ओमान, बहराइन, र न्युजिल्यान्ड परेका छन्।

प्रकाशित: ६ भाद्र २०८१ १२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App