२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

उपत्यकामा थप ९ जनामा हैजा संक्रमण,कुल संक्रमित ६७ जना पुगे

उपत्यकामा एक अघि महिनादेखि सुरु भएको हैजा संक्रमण हुने क्रम जारी छ ।  यो साता थप ९ जनामा हैजा पुष्टि भएको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । गत सोमवारसम्म देशभरिमा कुल संक्रमित संख्या ५८ जना थिए भने शुक्रवार थप ९ जना गरी कुल संक्रमित संख्या ६७ जना पुगेका छन् ।

ललितपुरमा ६ जना र काठमाडौंमा ३ जना गरी ९ जना संक्रमित थपिएका हुन । संक्रमित मध्येका केहीको उपचार भइरहेको र केही निको भई डिस्चार्ज भएको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखा महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले बताए । थप संक्रमित सहित ललितपुरमा मात्र हैजा संक्रमितको संंख्या ४७ पुगेको छ ।  ललितपुरमा हैजा संक्रमितको संख्या उच्च रहेको हो । ललितपुर पछि दोस्रोमा काठमाडौंमा १०  जना, तेस्रोमा कैलालीमा  ८ जना, प्युठानमा २ जनामा हैजा पुष्टि भएको हो । 

 हालसम्म सबै भन्दा बढी ललितपुरमा ४१ जनामा संक्रमण पुष्टि भएको छ भने  काठमाडौमा १० जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा गत वर्षको तुलनामा हैजाले महामारीकै रुप लिएको महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले बताए । ‘गत वर्ष यतिको सङ्ख्यामा संक्रमण थिएन’उनले भने ।

 यो वर्ष धेरै पानी परेको र बाढीको कारण पानीको मुहान दूषित भएकोले हैजा संक्रमण नरोकिएको उनले बताए । संक्रमितहरु धेरै जसोले सुरक्षित जारको पानी पिएको दाबी गरे पनि फलफूल या सलाद पखाल्दा, भाँडा सफा गर्ने ट्याङ्कर या धाराको पानी दूषित भएको हुन सक्ने बताएका छन् । पौडेलका अनुसार हैजा संक्रमित क्षेत्रमा मानिसले प्रयोग गर्ने पानीको स्रोतमा पनि एकरूपता नदेखिएको बताए । ललितपुरका बिभिन्न नगरपालिकामा मात्र २०/२५ वटा फरक फरक पानीको स्रोत देखिएकोले पनि सुरक्षित पानी नभएको उनले बताए ।

प्रकाशित: ७ भाद्र २०८१ २१:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App