२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भक्तपुर नगरपालिका वडा नं. ९ चोखा मरु चोकमा टिपरले ठक्कर दिँदा शुक्रवार एक जना साइकल यात्रीको मृत्यु भएको छ । खरिपाटीबाट भाने चोकतर्फ जाँदै गरेको बाग्मती ४ ख. ४९३१ नं. को टिपरले साइकललाई ठक्कर दिँदा साइकल चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ८ लिवाली बस्ने वर्ष ६५ को आसनारा कोजूको मृत्यु भएको हो।

ठक्करपछि गम्भीर घाइते भई उपचारको लागि नजिकैको ख्वप अस्पताल च्यामासिंह, भक्तपुर लगिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उपचारकै क्रममा मृत्यु भएको परिसरका सूचना अधिकृत राजन कार्कीले जनाए ।

घटनास्थलमा प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान गरिएको जनाइएको छ । दुवै सवारी साधन र टिपर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. ९ घर भई हाल भक्तपुर भानेचोक बस्ने वर्ष ३३ को अमिर तामाङलाई प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।  

प्रकाशित: ७ भाद्र २०८१ १९:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App