७ वैशाख २०८१ शुक्रबार
समाज

डा. केसीको समर्थनमा युवाहरु दमौलीमा बसे अनशन

चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै तनहुँका दुई युवा अनशन बसेका छन्। व्यास नगरपालिका १० का सागर घिमिरे र विनोद हमाल शुक्रबारबाट अनशन बसेका हुन्।

व्यास नगरपालिका–३ सफासडकको मुख्य चोकमा अनशन बसेका सागर घिमिरेले डाक्टर केसी १९ पटकसम्म अनशन बस्दा पनि सरकार उनका माग पुरा गराउनमा गम्भीर नभएको भन्दै अनशन बस्नुपरेको बताए। ‘डाक्टर केसीको १९ औँ सत्याग्रह हो हामीले पनि उहाँको सत्याग्रहमा एक्यवद्धता जनाउदै १९ घण्टा अनशन बस्ने निधो गर्‍यौँ,’ उनले भने।

बिहीबार विहान ११ बजेबाट अनशन थालेका उनीहरु शनिबार विहान ६ बजेसम्म अनशन बस्ने घिमिरेले बताए। डाक्टर केसीले आफ्नो जीवन नै दाउमा राखेर देशको चिकित्सा क्षेत्र सुधारका लागि लागेको भए पनि सरकार उनको जीवन खतरामा पर्दा पनि गम्भीर नभएको घिमिरे बताउँछन्। ‘अनशनमा १९ घण्टा पानी समेत नखाने गरि अनशन बसीरहेका छौँ,’ उनले भने।

सरकारलाई केसीको माग पुरा गर्न दबाब दिनका लागि अनशन बसेको अनशनरत विनोद हमालले बताए। ‘केसी जनताको पक्षमा बोलेकाले उहाँको माग पुरा गराउन सकार लाग्नुपर्छ,’ उनले भने। उनीहरुको अनशनमा दमौलीका अन्य युवाहरुले समेत एक्यवद्धता जनाएका थिए।  

त्यस्तै डाक्टर केसीको पक्षमा दमौलीका युवाहरुले शनिबार विहान प्रर्दशन गर्ने तयारी भएको राजेशकुमार श्रेष्ठले बताए। ‘भोली विहान ९ बजे सामाजिक दूरी र स्वास्थ्य सामग्रीको प्रयोग गरेर प्रदर्शन गर्न लागेका छौँ,’ उनले भने। हामीले कोरोनाका समयमा कार्यक्रम गर्न त खोजेको होइन तर सरकारले केसीको माग पुरा गर्न वास्ता नगरेकाले कार्यक्रम गर्न बाध्य भएको श्रेष्ठले बताए।

प्रकाशित: ९ आश्विन २०७७ ११:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App