coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बुटवलमा दुई संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट  बुटवलमा २ जनाको मृत्यु भएको छ। बुटवलको कोरोना अस्पतालमा  उपचारत बुटवलका  एक पुरुष र नवलपरासीकी  एक महिलाको आज बिहान मृत्यु भएको हो।

बुटवल उपमहानगरपालिका  ११ का ४० बर्षे पुरुषको गएराती र नवलपरासीको प्रतापुर गाँउपालिका  २ कि ३७ वर्षीया महिलाको बिहान ६ बजे मृत्यु भएको  अस्पतलाका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए। ती दुवैमा दिर्घरोग नभएको डा. थापाले बताए। दुवै जनाको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो।

बुटवलका पुरुष भदौ १५ गते अस्पताल आएका थिए। अस्पताल आउदा  उनलाइ ज्वरो रुघाखोकी थियो। नवलपरासीकी महिलालाई भदौ १७ गते अस्पताल ल्याइएको थियो। दुवै जनालाई अस्पताल ल्याइएपछि बल्ल कोरोना टेष्ट गरिएको र रिर्पोट पोजेटिभ आएको हो। यससगै यो अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या १५ पुगेको छ। हिजो मात्रै ३ जनाको मृत्यु भएको थियो।

प्रकाशित: २० भाद्र २०७७ ०५:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App