महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतनाका लागि पछिल्लो समय विभन्न कार्यक्रमहरु गर्दै आइरहेको छ। महाशाखाले सडक दुर्घटना न्यूनीकरण गर्न काठमाडौं उपत्यकाका सडक छेउमा २२ वटा ट्राफिक प्रहरीजस्तै देखिने ‘डमी बनाएर राखेको हो।
सडकमा हुने दुर्घटनालाई कम गर्नको लागि ट्राफिक प्रहरीको डमी राखिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए।
उनका अनुसार ‘नागरिकहरुलाई दुर्घटनाबाट बचाउन, अहिले आशिंक रुपमा सवारी गुडिरहेको र त्यसलाई ट्राफिक व्यवस्थापन गरेर दुर्घटना न्यूनीकरण गर्ने र ड्यूटीमा खटिएका ट्राफिक संक्रमण बाट जोगिएर नागरिकलाई सन्देश प्रवाह गर्ने काम भईरहेको छ।
सडकमा ट्राफिक राखिँदा लापरवाही गरेर सवारी चलाउनु हुँदैन भन्ने चालकमा मनोवैज्ञानिक प्रभाव पर्ने ढकालले बताए। उनका अनुसार सडक शिक्षा कार्यक्रम अन्तर्गत सडक दुर्घटना कम गर्नका लागि महाशाखाले काठमाडौं उपत्यकाका ‘डमी’ को हातमा ट्राफिक नियम उल्लंघन गरेको गरेमा ५०० देखि १०,००० सम्म जरिवाना हुने जानकारी लेखिएको बोर्ड पनि देख्न सकिन्छ।
टाढाको दुरीबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति कम गर्ने सघाउनुका साथै ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने ढकालको दावी छ।
लकडाउनको बेलामा सवारी सधानको गति तीव्र हुने भएकोले ट्राफिक जस्तो देखिए पनि चालकले सजक भई सवारी हाँक्न डमीले सचेत गराउने उनले बताए।
नजिकै पुगेपछि ट्राफिक सन्देश राखेको बोर्ड देख्ने हुनाले त्यो सन्देश सबैले पढ्ने र सचेतना बढ्ने ढकालले बताए।
काठमाडौंको सिंहदरबार, माइतिघर, नयाँ बानेश्वर चोक, कमलपोखरी, कृष्ण पाउरोटी लगायत २२ वटा डमी राखिएको छ। महाशाखाले काठमाडौं उपत्यकाको विभिन्न सडकहरुमा कोरोना भाइरसबाट संक्रमणबाट जोगिन विभिन्न फ्लेक्स बोर्डहरू समेत राखेको छ।
प्रकाशित: १७ भाद्र २०७७ ११:२३ बुधबार





