पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चितवनका १८ वर्षीया महिलासहित १२ जनाको मृत्यु भएको छ। जसमध्ये ६ जना महिला र ६ जना पुरुष रहेका छन्।
बुधबार थप १ हजार १२० जनामा संक्रमण देखिएको छ भने सक्रमणमुक्त हुनेको संख्या १ हजार ११२ रहको छ।
देशभर अहिलेसम्म संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ। संक्रमणबाट निको हुनेको संख्या २३ हजार २९० रहेको छ।
प्रकाशित: १७ भाद्र २०७७ १०:५७ बुधबार





