२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा एकको मृत्यु दुई घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचास्थित गछियामा बिहीबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते भएका छन्। सुन्दरहरैँचा–६ स्थित गछियामा साइकलमा बाटो क्रस गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना २९ प ६९५२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

साइकल चालक स्थानीय २८ वर्षीया नवराज बराइली र पछाडि सवार ४५ वर्षीया डम्बर श्रेष्ठ तथा मोटरसाइकल चालक राजकुमार पुलामी गम्भीर घाइते भई उपचारका लागि विराटनगरस्थित विराटनगर अस्पताल (विराट नर्सिङ होम) लगेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए।  

‘दुर्घटनामा परेका तीन जनालाई अस्पताल लगिए पनि साइकलको पछाडि सवार डम्बर श्रेष्ठको अस्पतालमा निधन भयो,’ प्रवक्ता डिएसपी राईले भने, ‘साइकल चालक बराइलीको अवस्था गम्भी रहेको छ भने मोटरसाइकल चालक बाराको सिमरा–८ का पुलामीको सामान्य अवस्था रहेको छ।’घाइते द्वयको विराटनगर अस्पतालमा उपचार भइरहेको छ। कोरोना भाइरस नियन्त्रण लागि लगाइएको निषेधाज्ञाको समयमा भएको दुर्घटनाको अनुसन्धान थालेको डिएसपी राईले बताए।  

प्रकाशित: ११ भाद्र २०७७ १०:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App