६ वैशाख २०८१ बिहीबार
समाज

चुनौति बन्दै बाँकेमा लागुऔषध

जिल्ला प्रहरी कार्यालय बाँकेले यसै साता दुई महिनामा गरेको कामको प्रगति सार्वजनिक गर्यो । प्रहरीले सार्वजनिक गरेको असार र साउन महिनाको तथ्याङमा लागु औषधको मुद्दा दोस्रो नम्बरमा छ। पहिलो नम्बरमा रहेको अभद्र व्यवहारमा १६ मुद्दा दर्ता भए। लागुऔषधमा १३ मुद्दा दर्ता भएर अनुसन्धान भैरहेको छ। कोरोना कोभिड–१९ कारण लकडाउन भएपनि बाँकेमा लागुऔषधको मुद्दामा कमी आएन।  

लकडाउनको अवधिमा बाँके प्रहरीले प्रक्राउ गरेको ११ जना ब्यक्तिबाट ३० ग्राम ७ सय ८० मिली ग्राम ब्राउन सुगर, ४ सय ८७ सीसी कोरेक्स र ४ किलोग्राम १ सय ७४ ग्राम अफिम फेला परेको बताएको छ। सुरक्षा व्यवस्था कडा पारिएको समयमा पनि बाँकेमा लागुऔषधीको कारोबार भैरहेको पुष्टि गर्छ। यसले बाँकेमा लागुऔषध कारोबार संजाल बढदै गएको संकेत गर्छ।  

जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ अनुसार २०७६–७७ मा १५३ लागुऔषध घटना दर्ता भएका थिए। तर गत वर्ष भने लागुऔषधको घटनामा पक्राउ गर्नेको संख्या २३५ छ।

नेपालका सीमावर्ती सहर लागुऔषध सेवन र कारोबारका लागि प्रयोग हुदै आएका छन। खुला सिमाना र फितालो सुरक्षा रणनितीले बाँकेमा लागुऔषध दुव्र्यसनी र व्यापार बढिरहेको छ। त्यसको पुष्टि गर्छ बाँके प्रहरीले सार्वजनिक गरेको दुई महिनाको तथ्याङले।  

बाँकेमा लागु औषध दुव्र्यसनीले हजारौ युवा असमाजिक बन्दै गएको छन्। यसले भारतीय सिमानासँग जोडिएको बाँके र भारतीय सहरमा थुप्रै सामाजिक समस्या र अपराध बढाइरहेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम डिएसपी सुबास खड्का भारतबाट लुकाइछुपाई लागुऔषध ल्याउने क्रम नरोकिएको बताउँछन। उनले भने, ‘खुल्ला सिमाना कारण अवैध रुपमा बाँकेमा धेरै समान आउने गर्छ। त्यस्तै लागुऔषध पनि आइरहेको छ। बाँके प्रहरीले अवैध कारोबारमा संलग्नलाई प्रक्राउ गरेर मुद्दा पनि चलाएको छ।’

लकडाउनको अवधिमा सेवनकर्ताले सेवन गर्न नछोडेकोले प्रक्राउ पर्नेको संख्या बढेको खड्का बताउँछन्। उनले थपे, ‘बाँकेमा मुख्य चुनौतिको रुपमा रहेको लागुऔषध नियन्त्रणका लागि हाम्रो टिमले हरेक समय काम गरिरहेको छ। देशको युवा शक्तिलाई गलत बाटोमा लग्ने गरेको लागुऔषध नियन्त्रण गर्ने प्रयास गरिरहेको छौं।’

प्रहरीका अनुसार लागुऔषध दुव्र्यसनमा फसेकाहरुको संलग्नता अन्य अपराधिक घटनामा रहने गरेको छ। विशेष चोरी, हत्या, तस्करमा लागुऔषध प्रयोगकर्ताको सम्बन्ध जोडिने गरेको विष्टले बताए।  

बाँके प्रहरीको तथ्याङ अनुसार लागुऔषध दुव्र्यसनी र ओसारपसारमा १३ देखी २५ वर्षको उमेरका युवा युवती बढि संलग्न भएको देखिन्छ। दुव्र्यसनीमा फसेका ब्यक्तिको व्यवहार पूर्ण रुपमा असमाजिक हुन्छ। पूर्वलागुऔषध प्रयोगकर्ता सागर क्षेत्रीका (नामपरिवर्तित) अनुसार असमाजिक व्यवहार हुनुको पछाडि दुव्र्यसनमा फसेका ब्यक्ति घर, परिवार, समाजबाट विस्तारै एक्लिदै गएको महसश गर्नुले पनि हो। सागर भन्छन,‘‘दुव्र्यसनमा फसेका बेला मैले घरका आमा, बुबा, दाइ, भाइ, शिक्षिक कसैको वास्ता गर्थेन। उनीहरु सबैको मैले आफ्नै किसिमले फरक नाम राखेको थिए। बुबा बैंकमा काम गर्ने ब्यक्ति हुनु हुन्थ्यो। तर पनि मलाई केहि नजान्ने ब्यक्ति जस्तो लाग्थ्यो।’

आत्मसाहस पनि दुव्र्यसनमा फस्नुको एउटा आन्तरिक कारण बताउँछन सागर। उनका अनुसार सुरुआतमा कसैले म दुव्र्यसनमा फस्छु भन्ने सोचेको हुँदैन। समय र संगतले दुव्र्यसनी नजिक पुग्ने वातावरण बनाइदिन्छ। उनले भने, ‘एउटा बच्चाको हुकाईसँगै समाज, परिवार, स्कुलले विभिन्न अपेक्षा राखेका हुन्छन्। हरेक अभिभावकमा आफ्नो बच्चा राम्रो बनोस भन्ने सोच हुन्छ। किशोर अवस्थामा पुग्दा अपेक्षाका पहाड हुन्छन। डरले उ भाग्न खोज्छ। यसरी डर हटाउने भन्दै दुव्र्यसनमा फस्दै जान्छन युवाहरु।’  

सुरुआतमा चुरोट, रक्सी, गाँजा हुँदै दुव्र्यसनीका अन्य बाटो रोज्न थाल्छन युवाहरु। युवाहरुमा चुरोट, गाँजा, ड्रग्स र अन्य लागुऔषध प्रयोग गरेपछि आनन्द आउने, यौन शक्ति बढने जस्ता भ्रमपूर्ण धारणाले पनि दुव्र्यसनमा युवालाई लाग्न सहयोग गरेको हुन्छ।  

लागुऔषधले मानव शरीरमा उत्तेजना पैदा गर्ने, शान्त पार्ने, एकोहोरो गराउने, भ्रम पैदा जस्ता समस्या उत्पन्न गराउँछ। यस्तो अवस्था उत्पन्न गराउने  गाँजा, चरेस, अफिम, डेनड्राइट, ब्राउन सुगर, नाइट्रोसन चक्की, कोरेस, ओपिडोल दुव्र्यसनमा परेका युवाको रोजाइमा पर्ने गर्छ। केहि प्रतिबन्धित लागुऔषध नेपालबाट भारत जाने गर्छ केहि भारतबाट नेपालमा भित्रने गर्छ। दुव्र्यसनमा फसेका ब्यक्तिको साइन कोड अनुसार भारत ‘पारी’ तर्फ गोटी, झोल (कोरेक्स) खान सहज छ। सुइ हान्नेलाई ‘ढुस’, ‘पानी खाने’ किन्ने बेला सामान र माल दिनु भनेर भन्ने गरिन्छ।  

‘वारी’ नेपालबाट गाँजा, चरेस र अफिम भारत जाने गरेको छ।  खुला सिमानाका कारण पनि लागुऔषध प्रयोग र बिक्री गर्न सहज भैरहेको छ। पूर्वप्रयोगकर्ता क्षेत्रीका अनुसार बाँकेका युवाले धेरै प्रयोग गर्ने लागु औषधमा टयाबलेट, नाइट्रोसन चक्की, कोरेस, ओपिडोल र डेनड्राइट हो। उनका अनुसार अहिले ब्राउन सुगर प्रयोग गर्नेको संख्या बढिरहेको छ।  

नाइट्रोजन चक्की किन्न पनि सहज छ। १० देखि १५ रुपैयाँमा सहजै नाइट्रोजन चक्की पाइन्छ। कोरेस झोल १ सय देखि १ सय ५० रुपैयाँमा पाउन सकिन्छ। डेनड्राइड धेरै जसो सडक बालबालिका र पैसा नहुने प्रयोग कर्ताले प्रयोग गर्ने गर्छन। ब्राउन सुगर एक ग्रामको ३ देखी ४ हजार रुपैयाँसम्म पर्छ। आर्थिक अवस्था कमजोर भएपछि र किन्नको लागी पैसा नभएपछि दुव्र्यसनमा फसेकाहरु आफै तयार पारेर समेत खाने गर्छन। केहि अपराधिक क्रियाकलाप गर्न तयारी हुन्छन। दुव्र्यसनमा परेकाहरु सकेसम्म आफ्नो रोजाईको वस्तु प्रयोग गर्ने प्रयास गर्छन। नपाएपछि अन्तिम विकल्पको रुपमा मोजा, महिलाले प्रयोग गर्ने प्याड, जुत्ताको पोलिस, फिनाइल, छिप्किलीसम्म मारेर खाने गर्छन्।  

बाँके प्रहरीका अनुसार भारतीय सिमाना नजिकै नेपाली गाउँ जयसपुर, जमुना नाका, राधापुर, साइगाउँ, नरैनापुर लागुऔषध भित्रने मुख्य नाकाका रुपमा देखिएका छन। पछिल्लो समय खजुरा र बर्दियाको सिमानबाट लागुऔषध भित्रने गरेको छ। ति स्थानहरु लागुऔषध खरिद, बिक्री र सेवनका गर्ने हरुको लागी सहज स्थान हो। नेपालगन्जका केहि टोल पनि त्यो सूचिमा पर्छन। प्रहरीका अनुसार कोहलपुर पनि लागुऔषध प्रयोग कर्ता र बिक्री बढिरहेको सहर हो।  

लागुऔषध प्रयोगकर्ताका अनुसार भारत बाराबंकी जिल्लाको टिक्रा र गणेशपुरको लागुऔषधलाई गुणस्तरयुक्त मानिन्छ।  

टिक्रा र गणेशपुरमा भारतीय सरकारले बैधानिक रुपमै अफिम खेती गर्न पाउने अनुमति दिएको छ। औषधीका रुपमा प्रयोग गर्नको लाग भारत सरकारले उत्पादन गरेको छ। तर त्यहीबाट केहि गिरोहले किनेर बिक्री गर्ने गर्छन।  

टिक्रा र गणेशपुरबाट विभिन्न समूहमा रहेका गिरोहले नानपारा, बहराइज, रुपैडिहा नेपाली सिमाना नजिक रहेका सहर सम्म पुर्याबउने गरेका छन्। यसरी केहि प्रयोगकर्ता स्थानीय गिरोहको सम्पर्कबाट बाराबंकीसम्म पुगेर किन्ने गर्छन। त्यसरी किनेर ल्याएका लागुऔषध रुपैडिहा नाका हुदै नेपालको मध्य र सुदुरपश्चिमका विभिन्न जिल्लासम्म पुग्ने गरेको छ। भारतबाट बाँके हुदै काठमाडौं, मध्य तथा सुदुरका पहाडी जिल्ला लागुऔषध जाने गरेको प्रहरी प्रहरीको रेकर्डमा छ।  

भारतबाट गोटी, झोल, कोरेक्स आएजस्तै नेपालबाट गाँजा, अफिम, चरेस भारत जाने गरेको छ। नेपालको गाँजा, चरेस, अफिम राम्रो मानिन्छ भारतीय बजारमा। भारतबाट प्रसोधित भएर फेरी नेपाल सहरमा ब्राउन सुगर अफिम आउने गरेको पूर्वप्रयोगकर्ता परियार बताउँछन। अहिले त नेपालको केहि पहाडी जिल्ला समेत गोप्य रुपमा अफिम, गाँजा खेती गर्ने ब्यापार बढिरहेको छ। दलालीले नै पैसा दिएर किसानलाई यस्ता खेती गर्न सहयोग गर्ने गरेको उनले बताए। यसरी नेपालमा उत्पादन भएका गाँजा, चरेस, भारत लगेर प्रसोधन गर्ने गरिन्छ।  

मुख्य गिरोह पक्राउ नै पर्दैनन

रुपैयाँ खर्च गरे घरमै बसेर अफिम, ब्राउन सुगर, गोटी, लगायतका लागुऔषध पाउन सकिन्छ। लागुऔषधको बजार मिश्रित खालको छ। केही लागुऔषध प्रयोगकर्ता आफना लागी आफै किन्न भारतीय सहर जान्छन। र आफ्ना साथीलाई बेच्ने गर्छन। यसरी एक अर्कालाई दिने आआफ्नै समूह हुन्छन्। केहि संगठित गिरोहले लागुऔषधको ब्यापार गर्छन। संगठित गिरोह भारत र नेपाल दुबै तर्फ रहेको पूर्वप्रयोगकर्ता सागर बताउँछन। तर उनीहरुसम्म प्रहरी पुग्नै सक्दैन। उनीहरुले विभिन्न ब्यक्तिलाई प्रयोग गरेर आफ्नो ब्यापार चलाइरहेका छन्।  

किन रोकिदैन लागुऔषध ओसार पसार

२०६९ सालमा नेपाल सरकार र गृहमन्त्रालयले गरेको अनुसन्धानमा बाँकेमा हार्ड ड्रग्स प्रयोगकर्ता ४१ सय रहेको खुलेको थियो। हार्ड ड्रग्समा गाँजा, रक्सी  पर्दैन। लागुऔषध सेवन गर्नेको भाषामा हार्ड ड्रग्स लिने व्यक्ति चरम लागुऔषध सेवनको नसामा फसिसकेका हुन्छन। हार्ड ड्रग्स लिनेहरुको रोजाईमा पर्ने गर्छ कोरेक्स, ब्राउन सुगर, अफिम, सिरिन्ज हान्ने। लागु औषध सेवन गर्नेहरुका लागी यो अन्तिम चरण पनि हो। यसलाई ‘इन्जेक्टिड’ ड्रग्स प्रयोगकर्ता भनिन्छ। लागुऔषध नियन्त्रण ब्युरोमै काम गरिरहेका एक प्रहरी अधिकारी अनुसार अनुसन्धानका लागी जनशंक्ति नै प्रर्याप्त छैन।

 

प्रकाशित: ८ भाद्र २०७७ १०:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App