२४ पुस २०८२ बिहीबार
image/svg+xml
समाज

रसुवामा थप दुई जनामा कोरोना पुष्टि

रसुवामा सोमबार थप दुई जनामा कोरोना पुष्टि भएको छ। जिल्लाको उत्तरगया गाउँपालिकाका एक जना महिला र एक जना पुरुषमा कोरोना पुष्टि भएको हो। उनीहरू विदेशबाट आएका व्यक्ति हुन्। योसँगै हालसम्म जिल्लामा १७ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये १३ जना निको भएर घर फर्किसकेका छन्।  

जिल्लाको नौकुण्ड गाउँपालिकामा ९, उत्तरगयामा ५ र कालिकामा १ जनामा कोरोना पोजेटिभ देखिएको थियो। विदेशबाट आएका जिल्लामा १५, एक जना स्वास्थ्यकर्मी र एक जना कर्मचारीमा हालसम्म कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्लामा हालसम्म ४ सय ५२ वटा स्वाब संकलन गरिएको छ। जसमा २ सय ७३ को नतिजा नेगेटिभ आएको छ। अब १ सय ६२ वटाको रिर्पाेट आउन बाँकी छ। जिल्लामा ३५ शैयाको आइसोलेसन र ३ सय २ शैयाको क्वारेन्टिन रहेको छ।  

प्रकाशित: ८ भाद्र २०७७ ०७:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App