२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस कार्यसम्पादन बैठक: विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन आह्वान, गगनको असहमति

नेपाली कांग्रेसको बिहीबार साँझ बसेको कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन पक्षधरलाई प्रस्ताव फिर्ता लिन अपिल गरेको छ। उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले विशेष महाधिवेशन पक्षधरलाई प्रस्ताव फिर्ता लिन अपिल गरेको हो। 

तर, उक्त अपिलमा महामन्त्री गगन थापा र सहमहामन्त्री फरमुल्लाह मन्सुरले भने असहमति राखेका छन्। महामन्त्री द्वय थापा र विश्वप्रकाश शर्माको अगुवाइमा पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान भएको थियो। 

विशेष महाधिवेशन आह्वान भएसँगै पार्टी फुट्ने जोखिम बढेपछि कांग्रेसभित्र तनावको स्थिति छ। 

प्रकाशित: २४ पुस २०८२ १९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App