१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

संक्रमित थुनुवा कोरोना अस्पतालबाट भागे

कोरोना संक्रमण पुष्टि भएपछि नारायणी अस्पतालअन्तर्गतको गण्डक बहुअरीस्थित अस्थायी कोभिड विषेश अस्पताल वीरगन्ज हेल्थकेयर अस्पतालमा भर्ना रहेका दुईजना थुनुवा त्यहाँबाट भागेका छन्। दुई तल्लाबाट पछाडिको पोखरीमा हामफालेर उनीहरू फरार भएका हुनसक्ने आँकलन गरिएको छ। राति २ बजे समयतालिका अनुसार बिरामी हेर्न गएका स्वास्थ्यकर्मीले २ जना त्यहाँ नरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।  

‘सार्वजनिक अपराधका थुनुवा हुन, उनीहरूको मुद्दा टुंग्याउन फाइल पनि सुनुवाइमा पठाइसकएको छ, राति भागेका रहेछन्,’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले भने, ‘हामीले खोजतलास गरिरहेका छौं, उनीहरूका घर परिवारले पनि आउनेबित्तिकै खबर गर्छु भनेका छन्, कुनै ठुलो मुद्दा पनि होइन। चाँडै आइ हाल्छन्, भन्ने आशा छ हामीलाई।’

संक्रमित भई उपचारको क्रममा भर्ना रहँदा अस्पतालबाट भागेका एकजना वीरगन्ज १६ नगवाका १९ वर्षीय छोटु तिवारी र अर्का सर्लाहीको लालबन्दी नगरपालिका–३ घर भई वीरगन्ज–५ रामटोलमा बस्दै आएका २० वर्षीय राम माझी रहेका छन्। वडा प्रहरी कार्यालय विर्ताका थुनुवा रहेका उनीहरूमा कोरोना पुष्टि भएपछि वीरगन्जको आदर्शनगरमा रहेको राणीसती धर्मशालामा आइसोलेट गरिएको थियो। स्वास्थ्यमा समस्या आएपछि थप उपचारको लागि हेल्थकेयर अस्पतालमा पठाइएको थियो।

प्रकाशित: ८ भाद्र २०७७ ०२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App