१४ पुस २०८२ सोमबार
image/svg+xml
समाज

निगमले २३ अगष्टमा काठमाडौँ–दुबइ उडान गर्ने

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौँ–दुबइका लागि रद्द उडान आगामी २३ अगष्टमा सञ्चालन गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा उक्त दिन दुबइबाट काठमाडौँका लागि टिकट लिइसकेका यात्रुका लागि उडान सञ्चालन गरिने निगमले आज विज्ञप्ति मार्फत जनाएको हो। उक्त उडानमा कोभिड–१९ नेगेटिभ रिपोर्टसहित यात्रा गर्न पनि निगमले अनुरोध गरेको छ। निगमको उडान तालिका अनुसार बिहान ७:३० बजे काठमाडौँबाट दुबइ जाने जहाज सोही दिन दिउँसो ४:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ।          

निगमको गत १८ अगष्टका लागि दुबइबाट काठमाडौँका लागि तय गरिएको उडान यात्रुलाई काठमाडौँमा क्वारेन्टिनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगित गरेको थियो। काठमाडौँबाट २३५ यात्रु तथा १५ टन कार्गो लिएर गएको निगमको वाइड बडी जहाज दुबइबाट रित्तै फर्किएको थियो। जहाज रित्तै फर्केपछि सम्बन्धित निकायको चौतर्फी आलोचना भएको थियो। उडानका लागि दुबइ एयरपोर्टमा तयार रहेका यात्रु अलपत्र परेका थिए। बिहिबारको मन्त्रिपरिषद् वैठकले उद्धार उडान सञ्चालन गर्न अनुमति दिएको थियो।  

 

प्रकाशित: ५ भाद्र २०७७ १२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App