१५ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

पाल्पामा भदौ १२ गतेसम्म निषेधाज्ञा जारी

कोभिड संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न पाल्पामा निषेधाज्ञा जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले यही भदौ ५ गते १२ बजे रातिदेखि भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिए।

उनका अनुसार निषेधाज्ञाका अवधिमा एम्बुलेन्स, शववाहन, खाद्य सामाग्रीवाहक सवारी साधन, औषधि बोकेका सवारी साधनलगायत अत्यावश्यक सवारी साधन मात्रै चलाउन पाइने छ। सो अवधिमा अत्यावश्यक सरकारी तथा सुरक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी र विद्युतलगायत कार्यालय खुल्नेछन्। 

व्यवसायतर्फ औषधि तथा औषधिजन्य, खाद्य, फलफूल, तरकारी, दूधका पसल बिहान ७ देखि १० बजेसम्म मात्र खुल्ने प्रजिअ न्यौपानेले जारी गरिएको निषेधाज्ञामा उल्लेख छ। 

प्रकाशित: ४ भाद्र २०७७ १३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App