coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रदेश २ : १९४ जना नयाँ संक्रमित थपिए

प्रदेश २ मा शनिबार १ सय ९४ जना नयाँ संक्रमित थपिएको छ । यससँगै यस प्रदेशमा संक्रमितको संख्या ६ हजार ८ सय २१ पुगेको छ । एक साता भित्र मात्र १ हजार २ सय नयाँ संक्रमित थपिएका छन ।

सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार सबैभन्दा बढी ४८ जना संक्रमित पर्सा जिल्लामा थपिएका छन् । यससँगै पर्सामा कूल संक्रमित संख्या १ हजार २ सय २६ पुगेको छ । धनुषामा जनप्रतिनिधि, बैंक कर्मचारी, प्रहरीसहित ३२ जना संक्रमित थपिएका छन् । धनुषामा कूल संक्रमितको संख्या १ हजार २२ पुगेको छ ।  

महोत्तरीमा १४ जना थपिएसँगै संक्रमितको संख्या १ हजार २ पुगेको छ । सर्लाहीमा ५४ जना थपिएसँगै संक्रमितको संख्या ९ सय ३४ पुगेको छ । रौतहटमा ५ जना थपिएर संक्रमितको संख्या १ हजार ३ सय ८५ पुगेको छ । बारामा ३ जना थपिएर संक्रमितको संख्या ३ सय २३ पुगेको छ । सिरहामा १३ जना थपिएर संक्रमितको संख्या २ सय ६५ पुगेको छ । सप्तरीमा २७ जना थपिएर संक्रमितको संख्या ६ सय ६१ पुगेको छ ।

शनिबार वीरगंजमा एक जना ६० वर्षीय पुरुषको मृत्युसँग यस प्रदेशमा कोरोनाबाट मृत्यु हुने ४३ जनाको पहिचान भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा ३ हजार ६ सय १२ जना निको भएर घर फर्किसकेका छन ।

प्रकाशित: ३१ श्रावण २०७७ १३:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App