coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

प्रदेश १ : ९५ संक्रमित थपिए , हालसम्म १०७५ संक्रमित निको

प्रदेश १ मा ठूलो संख्यामा कोरोना संक्रमित थपिने क्रम जारी छ । शुक्रबार पनि ९५ जना नयाँ संक्रमित थपिएका छन् । जसमा मोरङमा सबैभन्दा धेर ६२ जना छन् । यो सँगै प्रदेशमा संख्या १ हजार ८ सय २१ पुगेको छ भने एक हजार ७५ जना कोरोनामुक्त बनेका छन् । शुक्रबार थपिएका संक्रमितमध्ये ७६ पुरुष र २८ जना महिला रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

विराटनगरमा २० पुरुष र १३ महिला गरि ३३ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै मोरङको रंगेलीमा १९ पुरुष र ९ महिला गरि २८ जना संक्रमित भेटिएका छन् भने सुन्दरहरैचामा १ पुरुषमा संक्रमण पुष्टि भएको छ । 

यस्तै सुनसरीमा १८ पुरुष र ४ महिला गरि २२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । सुनसरीको दुहबीमा ११ पुरुष र २ महिला, धरानमा २, इटहरीमा ३, खुसीमा ३, रामधुनी र देवागन्जमा १र१ जनामा संक्रमण देखिएको छ । 

उता झापामा ९ पुरुष र २ महिला गरि ९ जनामा संक्रमण पुष्टि भएको छ । झापाको भद्रपुरमा २ पुरुष, दमकमा ४ महिला र २ पुरुष तथा शिवसतासीमा १ पुरूषमा संक्रमण देखिएको छ । धनुषा र सिरहाको विष्णुपुरका १–१ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित: ३० श्रावण २०७७ ०९:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App