coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सप्तरीमा अस्पताल लैजाँदै गर्दा कोरोना संक्रमितको मृत्यु

सप्तरीको राजबिराज नगरपालिका– ६ का ८० वर्षीया जेष्ठ नागरिकको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ। पिसिआर परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ पुष्टि भएका उनलाई गजेन्द्रनारायण सिंह कोभिड अस्पतालको आईसोलेसनमा ल्यउँदै गर्दा ९:३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिए।

दुई साताअघि कोरोनाबाट मृत्यु भएका यसै वडाका व्यवसायीको कन्ट्याक्ट ट्रेसिङको आधारमा ८० वर्षीय जेष्ठ नागरिकको पनि पिसिआर परीक्षण गरिएको थियो। मंगलबार साँझ ६:३० बजेतिर रिपोर्ट पोजेटिभ आएपछि एम्बुलेन्समा राखेर अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको स्वास्थ्य प्रमुख यादवले बताए।

उनको शव गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा राखिएको छ। यससँगै सप्तरीमा कोरोनाबाट मृतकको संख्या ३ पुगेको छ भने प्रदेश २ मा ३१ पुगेको छ।

 

प्रकाशित: २७ श्रावण २०७७ १६:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App