coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रौतहटमा निषेधाज्ञाको दोस्रो दिनः सयौँ सवारी नियन्त्रणमा

रौतहटमा जारी निषेधाज्ञाको दोस्रो दिन जिल्लाभरीको अवस्था शान्तिपूर्ण रहेको छ। छिमेकी जिल्लाहरु सर्लाही र बारामा पनि निषेधाज्ञा जारी गरिएकाले रौतहटमा बाहिरबाट खासै आवागमन हुन सकेको छैन भने जिल्लाभित्र पनि कडाइ गरिएको छ।  

रौतहटमा निषेधाज्ञाको उल्लंघन गर्ने एक सय ५० जनालाई पक्राउ गरिनुका साथै एक सय ४४ मोटरसाइकल, १९ ट्रक, ७ पिकअप भ्यान तथा ५ ट्रयाक्टर नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका मानिस तथा सवारी साधनलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी गराएका छन्।  

प्रहरीले कडाइ गरेको भए पनि भित्री सडकमा मोटरसाइकल, जीप, कार तथा अन्य सबारी साधन बेरोकटोक चलिरहेको पाइएको छ। अत्यावश्क कामबाहेक घरबाट निस्कन रोक लगाइएको भए पनि सर्वसाधारण निर्बाध बाहिर निस्किएको पाइएको छ। निषेधाज्ञाको प्रभाव सदरमुकाम गौर र चन्द्रपुरमा रहे पनि अन्य ठाउँमा खासै प्रभावकारी नभएको देखिएको छ।

सदरमुकाम गौर र चन्द्रपुर बजार सुनसान देखिएको छ। गरुडाको मुख्य सडकमा पनि खासै चहलपहल देखिएको छैन तर गरुडाको भित्री सडकहरुमा भने निषेधाज्ञाको खासै प्रभाव देखिएको छैन। अन्य ग्रामीण क्षेत्रमा पनि निषेधाज्ञा प्रभावकारी नदेखिएको गुनासो जिल्लाभरि रहेको छ।निषेधाज्ञालाई थप प्रभावकारी बनाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले स्पष्ट पारेका छन्।

प्रकाशित: २५ श्रावण २०७७ ०७:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App