coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुदूरपश्चिममा बाढीपहिराेः ६ हजार घर डुबानमा, ४ जना बेपत्ता

सुदूरपश्चिममा मंगलवार रातिदेखि आएको अबिरल बर्षाका कारण आएको पहिरो र बाढीले ठूलो क्षति गरेको छ। पहाडी जिल्लामा पहिरोले र तराईमा बाढीले जनजिवन अस्तव्यस्त बनाएको छ।

पहिरो र बाढीमा परेर ४ जना वेपत्ता भएका छन। भने एक जनाको मृत्यु भएको छ। बेपत्ता हुनेमा कैलाली भजनी वडा न ८ का ४० बर्षिय ईश्वर शाह, ३३ बर्षिय चक्र बि.क. र ११ बर्षिय स्केल चौधरी रहेका छन्।  घर डुवानमा परेपछि सुरक्षित स्थान कालिका मन्दिर जाने क्रममा घर नजिकैको कुलोमा डुवेर ती वालक वेपत्ता भएका हुन।

हेलमेट सहित बगेर बेपत्ता भएका ४० बर्षिय बलराम चौधरी भने घाइते अवस्थामा फेला परेका छन्। भने वडा नम्वर ८ कै हेमन्ती शाही र बिक्की शाही पनि बगेर वेपत्ता भएकोमा उद्धार गरिएको छ। यसैगरी बाजुरा बुढीगंगा नगरपालिका १ अम्कोटका गोरु चराउन गएका वेला जंगलमा माथीवाट आएको पहिरोमा परेर २२ बर्षिय धर्मराज तिमिल्सेना वेपत्ता भएको प्रहरीले जनाएको छ। पहिरोमा परेर दुई जना भने घाइते भएका छन्। १७ बर्षिय ज्ञानु प्रसाद उपाध्याय र हरेन्द्र उपाध्याय घाइते छन्।

कैलालीको भजनी गाउँपालिका, जोशीपुर गाउँपालिका, टीकापुृर नगरपालिका, जानकी गाउँपालिका लगायतमा गरेर बाढीले ६ हजार २ सय ७० घर डुवानमा परेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहराले बताएका छन्।

डुवानमा परेका मध्य २ हजार परिवार विस्थापित भएर हुलाकी सडकमा पाल टागेर , बिद्यालय लगायतका ठाउँमा आश्रय लिइरहेको उनले बताए। बाढी पसेका भजनीका १८ सय ८० परिवार पुरै विस्थापित भएको उनले बताए। बिस्थापित हरु उच्चो स्थानमा पाल टाँगेर , बिद्यालय, सामुदायिक भवन लगायतका ठाउँमा  आश्रय लिएका छन। नेपाली सेना, शसस्त्र प्रहरी , नेपाल प्रहरी र स्थानिय युवाहरुले उद्धार गरेका थिए।

भजनीको वडा नम्वर ८ मा मात्र १ हजार घर डुवानमा परेको वडा अध्यक्ष पंकज चौधरीले बताएका छन। पथरैया नदीले तठबन्द भत्काएर गाउँमा पसेको थियो।  दैलेखी टोल,कुसमघाट,कृष्णनगर, गोरचौडा,खैरा, जनकपुर, बहादुरपुर, काडाढिक र सोनाहफाटा गाउँ डुवानमा परेका छन। घर डृुवान परेपछि सवैजना बिद्यालयमा गएर आश्रय लिएको उनले बताए। बिद्यालयको तल कोठामा पानी पसेकोले माथिल्लो तलामा उनीहरु बसेका छन्।

यसैगरि वडा नम्वर ३ का काडाँ नदीले ढुसीमा तठबन्द भत्काएर नदी वस्तीमा पसेको छ। पकरिया डाडा,ढुसी गाउँ,कन्हैयापुर गाउँ डुवानमा छन्।

भजनी नगरपालिकाको वडा नम्वर २, ३, ५ र ८ मा बाढी पसेर घर डुवानमा परेका छन। पुरै वस्ती जलमग्न भएका छन। यसैगरि बर्दगोरिया वडानम्वर २ र ५,जानकी गाउँपालिका वडा नम्वर १,बर्दगोरिया गाउँपालिका वडा नम्वर २ र ५, कैलाली गाउँपालिका, जोशीपुर गाउँपालिका  र टीकापुर नगरपालिकामा बाढीले सयौ घर डुवानमा परेका छन्।  

कैलारी गाउँपालिका वडा नम्वर ७ का ३२ बर्षिय वलराम चौधरीको कच्ची घरमा सालको रुख ढलेर घर पुर्ण रुपमा क्षती भएको छ। उनी, उनको श्रीमती २८ कि सावित्री चौधरी, १३ बर्षको वसन्त चौधरी समान्य घाइते भएका छन्।  

धनगढी उपमहानगरपालिकामा पनि खोला अतिक्रमण भएकाले बर्षातले दर्जनौ घर डुवानमा परेका थिए। वर्षाका कारण टीकापुर नगरपालिकाका ९ वटै वडा डुबानमा परेको टीकापुर नगरपालिकाकी विपद सम्पर्क व्यक्ति निर्मला चौधरीले बताइन्।

टीकापुर–१ स्थित जमरा नदीमा पानीको सतह बढेर बजार क्षेत्र पुरै डुबान भएको छ। त्यस्तै शिवनगर, चमेलीपुर, विजयनगर शिविरमा बाढी बस्ती पसेपछि ५० घर भत्किएका छन्। यस्तै वडा नम्बर २ मा १२, वडा नम्बर ६ मा ३ घर भत्कीएका नगरपालिकाले जनाएको छ। 

कैलालीको चिसापानीमा लगातार सर्तकता तह पार गरेको छ। बढी वर्षासंगै नदीको सतह १० दशमलब चार मिटर पुगेको छ। कर्णाली नदीको सतह १० दशमलब चार मिटर पुगेको छ। कर्णालीको सतह १० मिटर पुगे सर्तकता तह र १० दशमलब ८ मिटरलाइ खतरा मानिएको छ।

महाकाली नदीमा पानीको बहाव बढेको छ। चुरेलगायत कञ्चनपुरमा भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको हो।

यसैगरि अछाम, बाजुरा,दार्चुला,डोटी, बझाङ, डडेल्धुरा बर्षातका कारण र पहिरो आएर करिव १ दर्जन बढी घर भत्केका छन। भने बाख्रा लगायत घर दर्जनौ घर पालुवा जनावरको मृत्यु भएको नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश कार्यालयले जनाएको छ।

बुधबार दिउ“सो २ः३० बजेको मापन अनुसार महाकाली नदीमा पानीको बहाव २ लाख २८ हजार क्यूसेक पुगेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरले जनाएको छ। नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।

कञ्चनपुरमा नदिमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुरमा नदिमा डुबेर १८ महिने बालिकाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वाणी भएर बग्ने बन्दा नदिमा डुबेर कृष्णपुर– २ की अमृता थापाको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ। बालिकाका आमाबुवा सुतिरहेका बेला घर नजिकै रहेको बन्दा नदीमा खेल्न गई खेल्दा खेल्दै नदीमा डुबेको हुनसक्ने ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए।

सडक अवरुद्ध

लगातारको वर्षाका कारण बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकअन्तर्गत बार्जुगाड प्रहरी चौकी नजिकै पहिरो गएको छ। सोमबार रातिदेखि आएको अविरल वर्षाका कारण पहिरो गएको प्रहरीले जनाएको छ। तराई क्षेत्रबाट आएका यातायातका साधान बार्जुगाडपारि रोकिएका छन् भने २० भन्दा बढी मालवाहक ट्रक मार्तडीबाट बल्देसम्मको सडक क्षेत्रमा रोकिएका छन्।  

त्यस्तै बाजुराको बूढीगंगा नगरपालिकै डाव भन्ने ठाउ“मा पनि सा“फे–मार्तडी सडकमै माथिबाट ठूलो पहिरो आएर सडक अवरुद्ध भएको स्थानीयवासीले जानकारी दिएका छन्।  लगातार वर्षा भइरहेका कारण सा“फे–मार्तडी सडक सञ्चालनमा समस्या देखिएको छ। लगातारको वर्षास“गै विभिन्न स्थानमा गएको पहिरोले भासिएको सडक पुनःनिर्माणमा भइरहेको ढिलाइका कारण सडक सञ्चालनमा समस्या देखिएको हो।

प्रकाशित: १५ श्रावण २०७७ ०३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App