अवैध रूपमा लुकाइछिपाई सालको चिरान काठ ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले काठ र अटोरिक्सा बरामद गरेको छ। भेरीगंगा–२ सप्तरीबाट सोमबार बिहार करिब १ः३० बजेतिर ५५.४३ क्यूफिट काठ र एउटा अटोरिक्सा बरामद गरिएको हो।
प्रहरीलाई देख्नासाथ काठ ओसारपसारमा संलग्न व्यक्ति फरार भएको इलाका प्रहरी कार्यालय छिन्छुका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीले जानकारी दिए। उनका अनुसार स्थानीय दीपक ओलीको खाली घरमा अवैध लुकाइछिपाई राखेको सालको चिरान एक सय २० वटा काठ भे १ ह ४९६६ नम्बरको अटोमा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले काठ र अटोरिक्सा बरामद गरेको हो।
काठ डिभिजन वन कार्यालय सुर्खेतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए। उनका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: १२ श्रावण २०७७ ०७:१५ सोमबार





