coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कोरोना हिरो राजेश र अरुण मुलुककै हिरो

कोरोना हिरोका रुपमा परिचित भक्तपुरका राजेश गाइजू र अरुण सैंजू मुलुककै हिरो भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपालमै पहिलो पटक कोरोनाबाट धुलिखेल अस्पताल काभ्रेमा मृत्यु भएकी सुत्केरी महिलाको शव उठाउने र दाहसंस्कारमा संलग्न दुई साहसी यी युवा नेपालकै हिरो भएको उनीहरुले बताएका छन् । 

नेपालकै पहिलो कोरोनाबाट मृत्यु भएकी ती सुत्केरी महिलाको शवबाट उनकै परिवारका सदस्य नै शव उठाउन डराइरहेको बेला शव उठाउन र दाहसंस्कार गरिदिएका यी दुई युवाले देखाएको अदम्य साहसको सवैतिरबाट त्यतिबेला प्रशंसा भएको भन्दै उनीहरुले राम्रो काम गर्नेलाई सवै राम्रै रुपमा हेर्नुपर्ने बताए ।

जिल्ला स्काउट कार्यालय भक्तपुरको आयोजनामा एभरेष्ट इंग्लिश स्कुल मिवाछें व्यासी भक्तपुरका स्काउटहरुको लागि बिहीबारदेखि सुरु भएको तीनदिने कोभिड-१९ अभिमुखीकरण कार्यक्रममा उनीहरुले यस्तो साहसी युवाहरुलाई देशले सधैं सम्झिरहने र सम्मान गर्नुपर्ने खाँंचो औल्याए । नेपाल स्काउट भक्तपुरका प्रमुख आयुक्त रामगोपाल कर्माचार्यले यी दुई बाहेक उनीहरुको समूहमा सहभागी न्हुज किज, पुनम कर्माचार्य पनि स्काउट मात्रै मात्रै गौरबका व्यक्तित्व नभई देशकै लागि गौरबका व्यक्तित्व रहेको चर्चा गरे ।

स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले लकडाउन खुलेपछि कोरोनाबारे झन सतर्क हुनुपर्ने खाँंचो औंल्याए । लकडाउन खुलेको अवस्था रहेको तर कोभिड हराएको अवस्था नरहेकोले यसको सचेतनाका लागि कार्यक्रम गरेको जनाइएको छ ।

प्रकाशित: ८ श्रावण २०७७ ११:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App