१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चितवनमा एकै दिन थपिए २५ जना कोरोना संक्रमित

चितवनमा बुधबार एकैदिन २५ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन्। भरतपुरस्थित कोभिड १९ प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोभिड प्रयोगशालामा परीक्षण गरिएका एक सय एक जनाको स्वाब नमुनामध्ये २५ वटामा कोभिड १९ पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ। संक्रमण पुष्टि भएकामध्ये १९ जना पुरुष र ६ जना महिला छन्।  

नयाँ संक्रमित २५ जनामध्ये आठ जना पुरुष र दुई जना महिला गैँडाकोट नगरपालिकाका हुन्। अन्य ६ जना पुरुष भरतपुर महानगरपालिका निवासी हुन्। बाँकी नौ जनामध्ये ६ जना भरतपुर अस्पताल, दुई जना नारायणी सामुदायिक अस्पताल र एक जना सेन्ट्रल अस्पतालमा उपचाररत बिरामी हुन्।

तीन साताअघि गत जेठ २६ गते चितवनमा एकैदिन ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या ७३ जना पुगेको छ। संक्रमितमध्ये २७ जनाभन्दा बढी निको भई घर फर्केका छन् भने अन्यको भरतपुर अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ।  

भरतपुर अस्पतालमा उपचाररत संक्रमितमध्ये गत जेठ २७ गते भरतपुरका ६८ वर्षिय पुरुष र गत शनिबार कैलालीका ५० वर्षीय पुरुषको मृत्यु भएको थियो।  

 

प्रकाशित: १७ असार २०७७ ०५:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App