प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तराष्ट्रिय निजी लगानीको प्रवाहलाई सहज बनाउन उद्योग विभागले ६ अर्ब रुपैयाँभन्दा कमको लगानी अनुमोदन गर्ने र लगानी बोर्डले ६ अर्ब रुपैयाँ भन्दा बढीको लगानी वा २ सय मेगावाट भन्दा बढी उर्जा आयोजनाहरु व्यवस्थापन गर्ने बताएका छन्।
उनले आइतबार नेपाल लगानी सम्मेलन–२०२४ लाई सम्बोधन गर्दै यस्तो जानकारी दिएका हुन।
‘अन्तर्राष्ट्रिय निजी लगानीको सहज प्रवाहलाई सहज बनाउन उद्योग विभागले ६ अर्ब रुपैयाँभन्दा कमको लगानीका लागि अनुमोदन गर्छ भने लगानी बोर्ड नेपालले ६ अर्ब रुपैयाँभन्दा बढीको लगानी वा २०० मेगावाटभन्दा बढी ऊर्जा आयोजनाहरू व्यवस्थापन गर्छ’, उनले सम्बोधनका क्रममा भनेका छन्, ‘दुबै सरकारी संस्थाहरू स्वदेशी र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई तोकिएको समय सीमाभित्र सहज सेवा प्रदान गर्न प्रतिबद्ध छन्।’
प्रकाशित: १६ वैशाख २०८१ १३:११ आइतबार