७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

राजु सदा मृत्यु प्रकरणः संसदीय अध्ययन समिति गठन

आइसोलेसनमा उपचार अभावमा मृत्यु भएका धनुषाको हंसपुर नगरपालिकाका राजु सदाको घटना छानविनका लागि संसदीय समिति गठन भएको छ। आइतबार बसेको प्रदेश २ प्रदेशसभा बैठकले पाँच सदस्यीय सदाको मृत्युसम्बन्धी अध्ययन गर्न विशेष समिति गठन भएको हो।  

समितिमा नेकपाका सांसद रवीन्द्र बैठा, जनता समाजवादी पार्टीकी सांसद चमेलीदेवी दास, सुरिताकुमारी साह, नेपाली कांग्रेसका सांसद नरेशकुमार यादव र नेपाल संघीय समाजवादी पार्टीकी सांसद सावित्रीदेवी साह रहेका छन्। समितिले सभामुखको निर्देशनमा रहेर सदाको मृत्यु सम्बन्धमा अध्ययन गर्ने बताइएको छ। आवश्यक परे विषेशज्ञलगायत अन्य व्यक्तिको पनि सहयोग लिनसक्ने सभामुख सरोजकुमार यादवले बताए। समितिलाई बढीमा ५ दिनमा आफ्नो प्रतिवेदन प्रदेशसभामा पेस गर्न समयसीमा दिइएको छ।  

आरडिटी रिपोर्ट पोजेटिभ आएपछि सदालाई गत जेठ २९ गते प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा भर्ना गरिएको थियो। उनको आइसोलेसन कक्षमा उपचारको अभावमा गत ९ गते मृत्यु भएको थियो।

प्रकाशित: १६ असार २०७७ ०२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App