१९ पुस २०८२ शनिबार
image/svg+xml
समाज

शैक्षिक परामर्श क्षेत्रलाई अतिप्रभावित सूचीमा राख्न इक्यानको माग

कोरोना भाइरसको महामारीका कारण फागुन यता व्यवसाय प्रभावित  भएको भन्दै नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले शैक्षिक परामर्श क्षेत्रलाई अतिप्रभावित सूचीमा राख्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग माग गरेको छ। कोरोना भाइरसको संक्रमण विश्वव्यापी हुँदै गर्दा फागुन  महिनादेखि नै ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) जारी बन्दगरिएको र लकडाउनका कारण हालसम्म  पनि  कार्यालय सञ्चालन गर्न नसकिएको भन्दै यस क्षेत्रलाई अतिप्रभावित सूचीमा राख्न माग गरिएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले अपिल गरेका छन्।  

बन्दाबन्दी केही खुकुलो भएपनि हालसम्म अन्तर्राष्ट्रिय उडान र सार्वजनिक यातायात सुचारू नभएकोले व्यवसाय सञ्चालन गर्न सकिएको छैन, साथै महामारीको संकट अझै लम्बिने देखिएकाले व्यवसायको सञ्चालनको अनिश्चितता बढेको छ।त्यसैले सबैभन्दा बढी प्रभावित मध्येको एक क्षेत्र पनि भएकाले अतिप्रभावित क्षेत्रको सूचीमा राख्नमाग गरेको अध्यक्ष पाण्डेले जारी गरेको अपिलमा उल्लेख छ।  

इक्यानले लकडाउनका कारण कार्यालय बन्द रहेको र आर्थिक क्रियाकलाप नभएकाले घर भाडा तिर्नकालागि कठिनाई उत्पन्न भएको अवस्थामा भाडामा छुट गरिदिन समेत माग गरेको छ। बन्दावन्दीको शुरुमै सरकारले गत चैत महिनाको घरभाडा मिनाहागर्न भनेकाले सम्वन्धित घरधनीहरुसंग लकडाउन अवधिभरको घरभाडामा अधिकतम सहुलियत दिन अपिल गर्दैछौं,’ इक्यानद्वारा जारी विज्ञप्तिमा भनिएको छ।  

इक्यानले बन्दाबन्दीको समयमा सदस्यहरुको कार्यालय सञ्चालन नभएको अवस्थामा इन्टरनेटको प्रयोग नभएकाले त्यसको शुल्क मिनाह गर्न र शुल्क बुझाइसकेका कम्पनीको हकमा लकडाउन अवधिको शुल्कबाटै नयाँ अवधिलाई समायोजन गर्न माग गरिएको छ। त्यसैगरी टेलिफोन सेवा समेतको उपयोगको शुल्क समेत मिनाहा वा समायोजन हुनुपर्ने माग गरेको छ।  

इक्यानले जारी विज्ञप्ति मार्फत विभिन्न बैंक तथा वित्तीय संस्थाबाट विद्यार्थीहरुले लिएको ऋण कोरोनाका कारण सदुपयोग गर्न नपाएकाले विशेष सहुलियतको लागि अनुरोध गरेको छ। ‘विद्यार्थीहरुले भर्ना प्रक्रिया पूरा गर्न नसकेको, भिसाको प्रतिक्षामा रहेको वाभिसाप्राप्त भएपछि यात्रागर्न नपाएको अवस्था रहेको हुँदा शैक्षिक कर्जाको प्रक्रिया जे जस्तो अवस्थामा रहेको भए पनि त्यसमा लाग्ने ब्याज, सेवाशुल्क र कर्जा अवधि समेतलाई विशेष सहुलियतका साथ समायोजन गरिदिन अनुरोध गरेको छ।  

महामारीको चपेटामा परी समस्यामा परेका स्वदेश तथा विदेशमा रहेका विद्यार्थी तथा अभिभावक प्रति  उच्च सम्मानका साथ धैर्यधारण गर्नका लागि समेत अपिल गरेको छ।

 

प्रकाशित: ८ असार २०७७ ११:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App