७ वैशाख २०८१ शुक्रबार
समाज

तरकारी ढुवानीमा अवरोध नगर्न निर्देशन

तरकारी व्यवसायीले उत्पादित तरकारीले बजार नपाएको गुनासो गरिहरहेको बेला गृह मन्त्रालयले भने तरकारी वितरणमा सहजीकरण गरेको बताएको छ। बिहीबार गृहले विज्ञप्ति जारी गर्दै तरकारी, फलफूललगायत उत्पादित सामग्री संकलन, ढुवानी र बिक्रीवितरणमा सहजीकरण सुरु गरिएको बताएको हो।

कोरोना महामारीको बेला किसान र विक्रेताले उत्पादन भएको सामग्रीले बजार नपाएको गुनासो गर्दै आइरहेका छन्। त्यसमाथि भारतबाट तरकारी भित्रिएपछि नेपाली किसान चिन्तित बन्दै आइरहेका छन्। तर, गृहले बिहीबार तरकारी वितरण र ढुवानीमा प्रशासनले सक्दो सहयोग गर्दै आइरहेको दाबी गरेको छ। ‘कसैले यसको बर्खिलाप गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न स्थानीय प्रशासनले कुनै पनि कसर बाँकी नराख्नसमेत यसै विज्ञप्तिमार्फत अनुरोध गरिन्छ,’ गृहले भनेको छ, ‘किसानको उत्पादनमा अवरोध नगरौं।’  

गृहले सबै जिल्लाका सिडिओ कार्यालयलाई स्थानीय उत्पादनमा सहजीकरण गर्न आग्रह गर्दै परिपत्र पनि जारी गरेको छ। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले स्थानीय तहले उपत्पादन सामग्रीमा अवरोध गरेकाले त्यसलाई रोक्न र किसानलाई मर्का नपार्न यसो गरिएको जानकारी दिए। ‘अहिले बजारमा सबैखाले सामानको माग छ, यो बेला तरकारी उत्पादन हुने समय पनि हो, त्यसकारण उक्त उत्पादनले सहजै बजार पाउनुपर्छ,’ उनले भने। यसअघि अर्घाखाँची, गुल्मी, नवलपरासी र तराईका जिल्लामा उत्पादन भएको तरकारी नष्ट गर्नुका साथै बारीमै कुहिँदै आएको थियो। त्यसलगत्तै किसानले प्रशासन गुहार्न थालेका थिए।

प्रकाशित: २३ जेष्ठ २०७७ ०३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App