८ वैशाख २०८१ शनिबार
समाज

खोटाङका कोरोना संक्रमित युवा डिस्चार्ज

कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवा जिपेन्द्र राई डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भएको पूष्टी भएपछि गत जेठ ७ गते कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगरमा भर्ना गरिएका राई बिहिबार डिस्चार्ज भएका हुन् । कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भए पनि नगरपालिकाबाट सवारी साधन पुग्न बाँकी रहेकाले राई पुनः अस्पतालमै बसिरहेको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा.शैलेस श्रेष्ठले बताए । उनी १४ दिन होम क्वारेन्टिनमा बस्नेगरी डिस्चार्ज भएका हुन् ।  

राई अस्पतालमा भर्ना भए पनि दुई/तीन दिन बाहेक औषधि सेवन नै नगरी डिस्चार्ज भएका हुन् । नगरपालिकाबाट ३४ जनाको स्वाव संकलन गरेर पिसिआर परीक्षणमा पठाइएकामा उनलाई संक्रमण भएको पूष्टी भएको थियो । आफूलाई पिसिआरका लागि स्वाब संकलन गरिएको दिन सामान्य रुघामार्गी लाग्नु बाहेकका लक्षण नदेखिएको राईले बताए । उनी बैसाख १२ गते काठमाडौंबाट घर आएका थिए । डिस्चार्ज पाएका राईलाई ल्याउनका लागि सवारी साधन पठाइसकिएको हलेसी तुवाचुङका मेयर इवन राईले बताए । 

प्रकाशित: २२ जेष्ठ २०७७ १५:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App