१५ चैत्र २०८० बिहीबार
समाज

छोरी करणी गरेको आरोपमा बाबु पक्राउ

छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बुधबार उनका बाबुलाई पक्राउ गरेको छ ।  

इलाका प्रहरी कार्यालय मेलम्चीले १८ वर्षीया युवतीका बाबु मेलम्ची नगरपालिका–११ कालाई पक्राउ गरेको हो । छोरीलाई विगत तीन÷चार वर्षदेखि बलात्कार गर्दै आएको आरोप उनीमाथि लागेको छ । युवतीकी आमाको जाहेरीका आधारमा बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।  

युवतीकी ३९ वर्षीया आमाले बुधबारै मेलम्ची प्रहरीमा छोरीलाई करणी गरेको आरोप लगाउँदै श्रीमान्बिरुद्ध किटानी जाहेरी दिएकी थिइन् । जाहेरी दर्ता गर्दै तत्काल बाबुलाई पक्राउ गरेको डिएसपी काफ्लेले बताए । ‘अदातलबाट अनुसन्धानका लागि म्याद लिने प्रक्रिया थालेका छौँ । त्यसपछि विस्तृत अनुसन्धान हुन्छ,’ उनले भने ।  

छोरीलाई विगत तीन÷चार वर्षदेखि करणी गर्दै आएका बाबुले पछिल्लोपटक सोमबार बिहान साढे ११ बजे आफ्नै घरभित्र भुईँमा लडाइ जबरजस्ती गरेको किटानी आमाले जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण गरी घरटनाबारे प्रारम्भिक अनुसन्धान भने सुरु गरिसकेको डिएसपी काफ्ले जानकारी दिए ।

प्रकाशित: १४ जेष्ठ २०७७ २०:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App