७ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

हत्या गरी छोराले घरभित्र गाडे बाबुको शव

विराटनगर–१४ स्थित झटियाइका एक पुरुषको आफ्नै घरमा शव गाडेको अवस्थामा बुधबार साँझमा प्रहरीले फेला परेको थियो । उक्त पुरुषको हत्या छोराहरूले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।  

५५ वर्षीय सत्यराम चौहानको शव प्रहरीले उसकै घरभित्र सुत्ने खाट नजिक शव गाडेको अवस्थामा बुधबार साँझमा फेला पारेको थियो । शव उत्खनन गरी अनुसन्धान थालेको प्रहरीले २४ घन्टा नबित्दै हत्यामा मृतकका दुई छोराको संलग्नता रहेको खुलेको छ । यसरी गरी विराटनगरमै शनिबार राति ३३ वर्षीय औषधि व्यवसायी देवीप्रसाद दुलालको हत्यापछि प्रहरीले शव बुझेको २४ घन्टा नबित्दै हत्यामा संलग्नलाई सार्वजनिक गर्न सफल भएको थियो ।  

तर, प्रहरीले केही यस्ता घटनामा संलग्नलाई चाँडै पक्राउ गरी सार्वजनिक गरे पनि विराटनगरको पछिल्लो चर्चित लेखापरीक्षक प्रवल घिमिरेको मृत्यु प्रकरणमा प्रहरी अहिलेसम्म कुनै ठोक निर्णयमा पुग्न सकेको छैन । घिमिरे ०७६ माघ ६ गते सोमबार साँझ बजार जानभनि घरबाट हिँडेका थिए । राति साढे १० बजेसम्म सम्पर्कमा रहेका घिमिरे, त्यसपछि सम्मपर्कविहीन भएका थिए । प्रहरी र आफन्तले उसलाई खोज्ने क्रमममा मंगलबार बिहान घर नजिक रहेकोे सिंघिया खोलामा शव भेटिएको थियोे । घटनास्थिति हेर्दा  स्वाभिक मृत्यु नभर्ई हत्या हुनसक्ने आशंकामा अनुसन्धान थालेको प्रहरीले ४ महिना बित्दासमेत केही निर्णयमा पुुग्न सकेको छैन ।

प्रहरीको प्र्रारम्भिक अनुुसन्धानबाट सत्यरामको हत्यामा जेठो छोरो २९ वर्षीय रोहित र माइलो छोरा २६ वर्षीय नागेन्द्र चौहानको संलग्नता रहेको खुलेको छ । दुई दाजु–भाइ मिलेर सत्यरामको हत्या गत शनिबार राति गरेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए । दुवै जना मिलेर फरुवाले हानेर हत्या गरेपछि घरभित्रै खाल्डो खनेर शवलाई तन्नाले बेरेर गाडिएको राईले बताए । जेठो छोरो रोहितसँग आफ्नै घरमा बस्थे । तीन छोरामध्ये माइलो छोरो नागेन्द्र बिहे गरेर श्रीमतीसहित विराटनगर–१५ मा डेरामा बस्थे । कान्छोे छोरा सोमकुमार तीन वर्षदेखि बेपत्ता छन् ।  

जेठो छोरा रोहितसँग पैसा मागेका थिए । तर ज्यालामजदुरी गर्ने रोहितले आफूसँग पैसा नभएको बताएपछि बाबुले घरबाट निकालिदिने चेतावनी दिएका थिए । बाबु र जेठो छोराको विवाद भइरहँदा माइलो छोरो नागेन्द्र पनि पुगेपछि घरायसी विवाद झन् बढ्दै गएपछि रोहितले नजिकै रहेको फरुवाले सुरुमा बुवाको टाउकोमा प्रहार गरे र त्यसपछि दुवै दाजुभाइ मिलेर बुवाको हत्या गरे । घटना गाउँलेले थाहा पाउने भएको हुँदा घरभित्रै शव गाडेर गायव पार्दै घटना लुकाउन खाजिएको पाइएको प्रहरीले जनाएको छ ।  

नागेन्द्रकी श्रीमतीले घटना थाहा पाएपछि बुवा घरमा नभएको भन्दै नागेन्द्र आफैले बुधबार प्रहरीलाई खबर गरेका थिए । बाबुको हत्यामा संलग्न रोहित र नागेन्द्र दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित: ८ जेष्ठ २०७७ ०७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App