२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

मर्स्याङ्दी बस दुर्घटनामा यसरी हुँदै छ उद्धार (तस्बिरहरू)

तस्बिर: नेपाल प्रहरी

शुक्रबार बिहान साढे ११ बजे तनहुँको आँबुखैरेनी-२ ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ।

बसमा चालक र सहचालकसहित ४३ जना सवार रहेको प्रहरीले जनाएको छ।

बस भारतको महाराष्ट्रबाट १०४ जनाको टोली १० दिनको भ्रमण तालिकासहित दुई दिनअघि नेपाल प्रवेश गरेको थियो।

महाराष्ट्र प्रान्तको जलगाउँ जिल्लास्थित भुसाल गाउँबाट उक्त टोली तीन बस लिएर आएको थियो। दुई दिन पोखरा घुमेर शुक्रबार तीन वटै बस काठमाडौंका लागि हिँडेका थिए। तीनमध्येको एक बस मर्स्याङ्दी नदीमा दुर्घटनामा परेको हो। 

प्रकाशित: ७ भाद्र २०८१ १४:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App