३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

काेराेनाबाट मृत्यु भएकी महिलाको परिवारकाे रिपाेर्ट नेगेटिभ

कोरोना संक्रमणको कारण नेपालमै पहिलो पटक मृत्यु भएकी सिन्धुपाल्चोक–९ की २९ वर्षीया महिलाको १३ दिनको नव शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि आरटी पिसिआर परीक्षण नेगेटिभ आएको छ । 

धुलिखेल अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालामा चारै जनाको थ्रोट स्वाब परीक्षण भएको थियो। परीक्षण नतिजा नेगेटिभ आएपछि १४ दिन क्वारेन्टाइनमा राख्ने गरी परिवारलाई सिन्धुपाल्चोक पठाउने तयारी भएको धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए ।

उनले भने, 'सिन्धुपाल्चोकको डिस्टृक्ट क्राइसिस म्यान्जेमेन्ट सेन्टरसंग समन्वय गरि उतैको क्वारेन्टाइनमा पठाउँदै छौं ' उनले भने। नव शिशुलाई जण्डिस देखिएकोले अस्पतालका बाल रोग विशेषज्ञले जाँच गरेपछि मात्रै उनलाई पठाउने या के गर्ने भन्ने यकीन हुने पनि ताम्राकारले जानकारी दिए।

प्रकाशित: ५ जेष्ठ २०७७ ०६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App