२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

कोरोना बीमा धमाधम गर्दै जनप्रतिनिधि

जुम्लाका स्थानीय तहका जनप्रतिनिधिले कोरोना भाइरसको बीमा धमाधम गर्न थालेका छन्। स्थानीय सरकारका जनप्रतिनिधिले जनतासंँग प्रत्यक्ष रुपमा घुलमिल रहने भएकाले कोभिड १९संक्रमणको खतरा हुने जनाउँदै कोरोना बीमा गरेको चन्दननाथ नगपालिकाका प्रमुख कान्तिका सेजुवालले बताए।

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा र नगर प्रमुख सेजुवाल एकएक लाख रुपैयाँको कोरोना बीमा गर्ने यहाँका पहिलो जनप्रतिनिधि भएको  शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड कर्णाली प्रदेशका प्रबन्धक ऋषिराम पाण्डेले बताए।

जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की, पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोरा, तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुुढा तथा स्थानीय तहका वडाध्यक्ष र वडा सदस्यले शुक्रबार कोरोना बीमा गरेका छन्।  

क्वारेन्टाइन अनुगमन गर्ने, हेल्थ डेस्कसँग समन्वय गर्ने र प्रत्यक्ष जनतासँग जोडिने भएकाले जनप्रतिनिधिको बीमा अत्याववश्यक रहेको समन्वय उपप्रमख बुढाले बताए। जिल्लामा कोरोना बीमा तीन सयभन्दा बढीले गरेका छन्। कर्णालीका सबै जिल्लामा कोरोना बीमा शुरु भइसकेको छ। रासस

प्रकाशित: २ जेष्ठ २०७७ ०३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App